आर्थिक

ज्योतिको हाम्रो विकाससंग एकीकृत कारोवार शुरु

नुवाकोट । नुवाकोटमा केन्द्रीय कार्यालय रहेको हाम्रो विकास बैंक शुक्रबारदेखि ज्योति विकास बैंकमा समाहित भएको छ । ज्योति विकास बैंकले हाम्रो विकास बैंकलाई प्राप्ति (एक्विजिसन) गरेपछि औपचारिक रुपमा ज्योति विकास बैंकको नाममा कारोवार शुरु भएको हो ।

एकीकृत कारोवारको नेपाल राष्ट्र बैंकका सञ्चालक सदस्य रामजी रेग्मीले शुक्रबार शुभारम्भ गरे । उनले ज्योति विकास बैंकले हाम्रो विकास बैंकलाई प्राप्ति गरेपछि अझै सबल हुने र बैंकिङ सेवा विस्तारित हुने विश्वास व्यक्त गरे।

बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले एकीकृत कारोवारपश्चात् विकास बैंकहरुमा चुक्त पूँजीको हिसाबले सबैभन्दा ठूलो विकास बैंक भएको बताए। एकीकृत कारोवारपश्चात् बैंकको निक्षेप रु २६ अर्ब ३८ करोड, कर्जा रु २३ अर्ब ५७ करोड पुगेको छ भने चुक्त पूँजी रु तीन अर्ब १० करोड पुगेको छ । यस्तै शाखा ९५ पुगेको छ भने चालू आवमा दुई वटा नयाँ शाखा र २६ स्थानमा एटिएम सञ्चालन गर्ने योजना रहेको बैंकले जनाएको छ ।