राजनीति

तरुण रुकुमका पुर्ब अध्यक्ष बिष्टको मुद्धा फिर्ता लिन अध्यक्ष बस्नेतको चेतावनी

काठमाण्डौ । नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले तरुण दल रुकुमका पुर्व अध्यक्ष नन्दबहादुर बिष्टमाथी प्रहरीले लगाएको झुठा मुद्धा तुरुन्त फिर्ता लिन माग गरेका छन् । केनद्रीय अध्यक्ष बस्नेतले प्रहरीले तरुणल दहका एक होनाहार नेतामाथी लगाएको उक्त मुद्धाफिर्ता नलिएमा तरुण दलले कडा कदम चाल्ने चेतावनी समेत दिएका छन् ।

अध्यक्ष बस्नेतले अधिनायकबादी र नालायक सरकारले राजनीतिक पुर्बाग्रहको आधारमा उक्त मुद्धा लगाएकोले लोकतन्त्रको उपहास हुनुको साथै ब्यक्तीको चरित्र हत्या समेत भएको बताएका छन् । नेपाली काँग्रेसका युवा नेता समेत रहेका अध्यक्ष बस्नेतले ‘सार्बजनिक हित, स्वास्थ्य, सुरक्षा, सुबिधा र नैतिकता’बिरुद्धको कसूर जस्तो गम्भीर मुधामा संलग्न भन्नु गलत भएको दाबी विज्ञप्तीमार्फत गरेका छन् ।