आर्थिक

माछापुच्छ्रे बैंक र एनएमबि क्यापिटलबिच सम्झौता

काठमाण्डौ । माछापुच्छ्रे बैंक र एनएमबि क्यापिटलबीच “१०.२५% माछापुच्छ्रे डिवेञ्चर – २०८५”नामक रु ३ अर्ब ऋणपत्र निष्काशन गर्नकालागि निष्काशन प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा तथा एनएमबि क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार माछापुच्छ«े बैंकको ३ अर्ब ऋणपत्र निष्काशनका लागि सम्पुर्ण कामहरु निष्काशन प्रबन्धकको रुपमा एनएमबि क्यापिटलले सम्पन्न गर्ने छ ।
ऋणपत्र निष्काशनका लागि बैंकले नेपाल राष्ट्र बैंकबाट आवश्यक अनुमाति प्राप्त गरीसकेको छ । साथै नेपाल धितोपत्र बोर्डबाट आवश्यक अनुमाति लिइ बैंकले विक्रीको लागि आवेदन खुल्ला गर्ने छ ।

ऋणपत्रको प्रमुख विशेषताहरु निम्न उल्लेखित रहेको जनाईएको छ
१. बार्षिक १०.२५ प्रतिशत दरको आकर्षक ब्याजदर रहेकोे
२. प्रति ऋणपत्र अंकित मूल्य एक हजार दरका ३० लाख  कित्ताको जम्मा  तिन अर्व रुपैयाँ  निष्काशित ऋणपत्रमा १८  लाख  कित्ता ऋणपत्र परिपत्र विधिबाट र १२ लाख कित्ता ऋणपत्र सार्वजनिक निष्काशन प्रक्रियाबाट बिक्री गरीने
३. ऋणपत्रको अवधि १० बर्ष रहने
४. नेपाल स्टक ऐक्स्चेन्जमा सुचिकृत भई कारोबार हुने भएकोले आवश्यक पर्दा विक्री गर्न सकिने
५. बैंक तथा वित्तिय संस्थाहरुबाट ऋणपत्र धितो राखी आवश्यक पर्दा क्रण लिन सकिने
६. अर्ध बार्षिकरुपमा (६र६ महिनामा) ब्याजको भुक्तानी गरीने