आर्थिक

सिभिल बैंक र नेशनल बैंकिग बीच वित्तीय साक्षरता सम्बन्धी सम्झौता

काठमाण्डौ । सिभिल बैंक र नेशनल बैंकिग ईन्स्टिच्यूटबीच वित्तीय साक्षरता कार्यक्रमलाई प्रभावकारी ढङ्गले दु्रतगतिमा विस्तार गर्नको लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतामा सिभिल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ र एन बि आईको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्जीव सुब्बाले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार एन बि आइको वित्तीय साक्षरता सम्बन्धी मोबाईल एप्को संरचना र सुविधाहरुबारे सिभिल बैंकका कर्मचारीहरुलाई विस्तृत जानकारी गर्ने तथा बैंकले आफ्ना सञ्जालमा रहेका सबै शाखाका कर्मचारीहरुलाई उक्त एप्कोबारेमा जानकारी गराई ग्राहकवर्गमाझ वित्तीय साक्षरता कार्यक्रमलाई विस्तार गर्नको लागिको प्रेरित गर्नेछ । साथै बैंकले उक्तएप् मार्फत समाजका विभिन्न वर्गहरु जस्तै महिला समुह, किसान, रेमिट्यान्समा आश्रित परिवारहरु, शिक्षक–शिक्षिकाहरु तथा विद्यार्थीहरुलाई वित्तीय साक्षरताबारे जानकारी गराउनेछ । एनबिआईले बैंकलाई आवश्यक परेको खण्डमा वित्तीय साक्षरता सम्बन्धी सचेतनाकार्यक्रमको समेत व्यवस्थापन गर्नेछ ।

यसरी दुई संस्थाहरु एउटै उद्देश्यको लागि साझेदारी गरी अघि बढ्नाले ग्रामीण भेगकाग्राहकहरुमा बचत गर्ने बानीको विकास तथा सफलतापूर्वक व्यवसाय संचालनगर्नेबारे ज्ञान प्राप्तगर्न सहजता मिल्ने छ । वित्तीय साक्षरताको सबै आवश्यक सामाग्री सबै माझ लैजान एनबिआई मोबाईल एप्को प्रयोगले देशमा वित्तीय साक्षरताको विस्तारमा नयाँ आयामको सुरुवात हुने सिभिल बैंकले जनाएको छ ।