विचित्र संसार

एक महिलाले जन्माइन एक महिनामै तीन बच्चा

बंगलादेश । २० वर्षीया बंगलादेश एक महिलाले पहिलो सन्तान जन्मेको एक महिलामा जुम्ल्याहा बाच्चलाई जन्म दिएकी छन् । यो संसारकै पहिलो सबै भन्दा दुर्लभ घटना भएको त्यहाँका स्थानीयवासी र चिकित्साहरुले बताएका छन् ।

बंगलादेशका डाक्टरहरु र आम मानिसहरु आर्चय चकित भएका छन् ।  यो उनीहरुको लागी रोचक विषय बनेको छ । पहिलो बच्चा जन्मीदा डाक्टरहरुले समेत पेटमा जुम्ल्याहा बच्चा रहेको कुरा थाहा पाएका थिएनन् ।

आरिफ सुल्ताना नामकी यी महिलाले पहिलोको सन्तान भएको कम्तीमा एक महिना पछि जुम्ल्याहा सन्तान जन्मायकी हुन् । अहिले तीनैजना बच्चा र आमाको स्वास्थ्य अवस्था भने समान्य रहेको जनाइएको छ । तीन बच्चा र आमालाई मंगलबार अस्पतालबाट घर पठाइएको डाक्टरहरुले बताएका छन् ।

यस्लै घटना सन् २००६ मा बेलायतमा पनि एउटा महिलाले तीनजान बच्चा जन्माएकी थिइन । र त्यसपछिको संसारकै दोस्रो घटनाका रुपमा यसलाई पनि लिन सकिन्छ । एजेन्सी