प्रदेश 1

घेदुङ अध्यक्ष गोलेलाई आर्थिक सहयोग

धरान । नेपाल तामाङ घेदुङका केन्द्रीय अध्यक्ष मोहन गोलेलाई आर्थिक सहयोग गरिएको छ । गोले तामाङ वंश उत्थान समाज, प्रदेश नं. १ ले गोलेलाई आवास भवन निर्माणका लागि आर्थिक सहयोग गरेको हो । गोलेको उदयपुर गाइघाटस्थित दश धुर जग्गा र घर सडक विभाग तथा नापी कार्यालयले बदनियतपूर्वक सडक विभागको नाममा पारेर उठीवास लगाउन खोजेकाले निजको आर्थिक अवस्था र घेदुङको अध्यक्षको हैषियतले तामाङ लगायत शोषित–पिडित आदिवासी जनजाति समुदायको उत्थानमा निर्वाह गरेको भूमिकाको मूल्यांकन गर्दै आवास भवन निर्माणका लागि .९७ हजार सहयोग गरिएको समाजले जनाएको छ ।

गोलेलाई समाजका केन्द्रीय सदस्य रविन गोले, १ नं. प्रदेश अध्यक्ष मैतबहादुर गोले, सचिव लक्ष्मी गोले, सल्लाहकारहरु सुजेन्द्र गोले, भक्त गोले, यम गोले लगायतले संकलित सहयोग रकम प्रदान गरेका थिए । यस अघि घेदुङका केन्द्रीय सल्लाहकार सुजेन्द्र गोले तामाङ, सुनसरी जिल्ला अध्यक्ष सुरज लामा पाख्रिन, नेपाल तामाङ महिला घेदुङ सुनसरीका अध्यक्ष विष्णु मोक्तान र नगर सदस्य चित्रा पाख्रिनको पहलमा १ लाख ४२ हजार ८ सय ५५ संकलन गरी सहयोग प्रदान गरिएको थियो ।

सहकारीवाट केही क्रृण लिई सानो आवास गृह निर्माण गर्न शुरु गरेका अध्यक्ष गोलेले प्राप्त सहयोगवाट घरले बैशाख पहिलो सातातिर पूर्णता पाउने भन्दै सहयोगीहरुलाई धन्यवाद तथा आभार प्रकट गर्नुका साथै उक्त जग्गा फिर्ताका लागि समेत आ–आप्mनो क्षेत्रवाट पहल गरिदिन आग्रह गरेका छन् । उनले फिर्ता हुने सम्भवाना न्यून देखिएकाले अदालत जाने मनस्थिति बनाएको समेत बताए ।

सरकारले गाईघाट कदमाहा सडकलाई दुवैतर्फ २५–२५ मिटर विस्तार गरी सर्वसाधारणको जग्गा अधिग्रहण गर्ने निर्णय गरेको भएतापनि झण्डै ५५० मिटर टाढा रहेको गोलेको घर जग्गालाई मात्र सडकको नाममा पारेर ठूलो अन्याय गरेको र दुःख दिएको भन्दै सरकारले तत्काल फिर्ता गर्नुपर्ने सल्लाहकार सुजेन्द्र गोलेले बताए ।