प्रदेश 1

६ किलो गाँजाको धुलो जस्तो लागु औषध सहित आमाछोरी पक्राउ

पार्सा । नेपालबाट लागु औँषध लुकाई छिपाई गरी भारततर्फ जादैँ गरेकी आमाछोरीलाई पार्सा प्रहरीले पक्राउ गरेको छ । बिहीबार प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएको प्रहरीले विभिन्न सवारी साधन तथा पैदल यात्रुहरुको कडाइनका साथ चेकजाँच अघि बढाएको थियो ।

त्यसै क्रममा नेपालबाट भारततर्फ पैदल हिड्दै गरेको अवस्थामा ३८ वर्षीया अन्जु देवि कर्ण र उनकी छोरी माथि शंका गरेर चेकजाँच अघि बढाएको जाइएको छ । उनीहरुको शरिरका विभिन्न भागमा २४ पाकेट र ६ किलो गाँजाको धुलो जस्तो लागु औषध लुकाएको अवस्थामा बरामत गरेको पार्सा प्रहरीले बताएको छ । र अझै उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ ।