विचार/ब्लग

महिला एकरात राम्रो काममा बाहिर बसेपनि समाज कुरौटे

अस्मिता बेल्बासे/महिला र पुरुष प्रतिस्पर्धी बनेर होइन सहकार्य गरेर अघि बढौँ, हामी सृजना, चेतना र कल्पना शक्तिले भरिपूर्ण प्रकृतिको एक सुन्दर उपहार हौँ । हामी एक अर्कालाई अङ्गालो हालेर सोचौँ कि मानिस अन्य प्राणीभन्दा भिन्न हुनुको कारण धेरै आधारहरु पाउन सक्छौँ ।

भविष्यको परिकल्पनामा वर्तमानलाई संलग्न गर्ने मानिसको एउटा अनौठो कला हो । पुरुषहरु महिला प्रति र महिलाहरु पुरुषप्रति जिम्मेबार भएर लाग्न जरुरी हुन्छ किन कि सिर्जनात्मक ढंगबाट सहयोग र दवाव दुवै एकसाथ निरन्तर लैजादा भविष्यको फल पाउन सक्छौँ । महिला असुरक्षित हुनु र पींडा भोग्नु भनेको हाम्रै आमा, दिदी/बहिनी, भाउजू/बुहारी, छोरी/चेली, असुरक्षित हुन भन्ने सोच्यौँ भने समाजका सबै महिला असुरक्षित नै हुन्छन् । पुरुषको सोच प्रत्येक महिला सुरक्षित छन् भन्ने प्रतिवद्धता जाहेर ग¥यौँ भने कोही महिलाले असुरक्षितको महसुस गर्दैनन् ।

महिलाको जीवन स्तर उकास्न पुरुषहरुको हात आवश्यक

हामी महिला यस कुरामा बाध्य हुन्छौँ कि हामीलाई समाज र प्रकृतिले धेरै कुरामा ठगेको हुन्छ । जुन चिज चाहेर पनि परिवर्तन गर्न सक्दैनौं । समाजले महिला माथि गर्ने निर्णय व्यवहारिक, दृष्टिकोणलाई बदल्ने लागत राख्दैनौँ । लाग्छ महिला विहे गरेपछि फलानाकी श्रीमति भनेर परिचय दिनु भन्दा आफ्नो छुट्टै पहिचान बनाउनमा महिलाहरु जागरुक हुनुपर्दछ । हामी महिला हौँ भन्ने शब्द नै अनौठो छ हामी घरको काम, चूलो चौको कार्यमा त्यसै अब्वल नै छौँ । समाज र राष्ट्रको लागि अब्बल रुपमा काम गर्न सक्छौं भन्ने नजिरको रुपमा लिन सकिन्छ यसलाई  । परिवर्तन आफैंले ल्याउनुपर्दछ । अरुबाट परिवर्तन पाइएला भन्ने हो भने परिवर्तन कहिल्यै सम्भव छैन । परिवर्तनका लागि अगाडि बढ्ने हो अवरोध गर्नेहरुलाई खबरदारी गर्नुपर्छ । हामी महिलाबाटै समाज परिवर्तनको आवश्यकता छ, परिवर्तन रातारात सम्भव हुदैँन परिवर्तन गर्ने जिम्मेवारी हाम्रै काधमा छ कि हाम्रो परिवर्तनले राष्ट्र विकशीत, भेदभाबरहित हुन्छ भन्ने कुरालाई सबैले मान्नु पर्दछ । पुरुषहरुलाई गालिमात्र गरेर भन्दा हात लिएर पनि काम लिन सकिन्छ, महिलालाई पीटेर भन्दा पनि फकाएर काम लिन सकिन्छ त्यो बुझ्न जरुरी छ ।

हामी महिलाबाटै समाज परिवर्तनको आवश्यकता छ, परिवर्तन रातारात सम्भव हुदैँन परिवर्तन गर्ने जिम्मेवारी हाम्रै काधमा छ कि हाम्रो परिवर्तनले राष्ट्र विकशीत, भेदभाबरहित हुन्छ भन्ने कुरालाई सबैले मान्नु पर्दछ ।

यहाँ महिलाबाटै महिला नै पीडित हुनेहरुको संख्या पनि दिनानुदिन बृद्धी हुंदै गएको छ । महिलाबाट पुरुषहरु पनि पीडित हुन्छन् नै तर जति महिलाको कुरा बाहिर आउँछ त्यति पुरुषहरु पीडित भएका घटनाहरु बाहिर नआएको समाचार समेत प्रकाशन भईसकेका छन् । अधिकांश र जघन्य अपराधमा चाँहि पुरुषहरुको संलग्नता बढी भएको तथ्य लाई प्रहरी रिपोर्टले प्रमाणित गरिसकेको छ, यो भन्दैमा महिलाहरु अपराधमा संलग्न नै छैनन् भन्ने चैं होईन ।
एउटी महिलाले सामाजिक वा प्राकृतिक पीँडा भोग्नुमा प्रत्यक्ष/अप्रत्यक्ष रुपमा उसका माइतीका हजुरबुबा देखि लिएर दाजुभाईसम्म र घरका हजुरबुवा देखि श्रीमानसम्म साथै धर्म संस्कृति, परम्परा, देशको महिलाप्रति बिभेद गरिएको कानूनको समेत दोष रहेको हुन्छ । कुनैपनि महिला सफल हुन पुरुषको हात बलियो हुन्छ भने पुरुष सफल हुन महिलाको हात हुन्छ भन्ने धेरै दृष्टान्तहरु हम्रो समाजमा छन् । महिला र पुरुषलाई सामाजिक र कानूनी रुपमा रुपमा हेर्नुपर्छ, समान व्यवहार बनाउन आफू कटिवद्ध भएर जिम्मेवार र सरोकारवाला ब्यक्ती वा निकायले लाग्नु आवश्यक छ ।

महिलाले आँट गरौँ राम्रो कामलाई पुरुषले पनि सम्मान दिँउ, पुरुषले राम्रो काम गरौं महिलाले सम्मान दिँउ, कि महिला र पुरुष भन्दा कामलाई महत्व दिने समाजको पिनर्माण गरौं, महिला र पुरुषको लिङ्गभेदको भाषामा नजाऔं । समाजको संकीर्ण सोचका कारण महिलाले कुनै नयाँ काम गर्न खोजेमा समाजले नकारात्मक रुपमा हेर्न खोज्दछ, पुरुषहरु महिनौं घरबाहिर नराम्रो बिताएपनि समाजले कुनै कुरा काट्दैन, उसको बारेमा खोजीनिति नै गर्दैन भने महिलाले एक रातमात्र बाहिर राम्रै बिताए पनि समाजले उनलाई तिरस्कार गर्दछ । समाजको यस्तो सोचका कारण नकरात्मक पक्षले पुरुषलाई भन्दा महिलालाई बढी पिरोलिरहेको हुन्छ ।

पछिल्लो राजनीतिक घटनाक्रमबाट मुलुकमा धेरै नै कुराको परिवर्तन भएपनि, जति आधुनिकतामा ढल्किए पनि समयसँग महिलाको जीवनस्तरमा परिवर्तन आएको देखिदैन । पुरुषहरुले महिलाको बारेमा सोच बनाएर केही आँट दिन जरुरी छ । महिला पनि आर्थिक रुपमा सक्षम बन्न सक्छन् जिम्मेबारी वहन गर्न सक्छन् महिला माथीभएको अन्धविश्वासको अन्त्य गर्न महिला, पुरुष हातेमालो गरी अगाडि बढ्न आवश्यक छ । महिलाको जीवन स्तर उकास्न पुरुषहरुको हात आवश्यक छ । महिला पुरुष एकआपसमा झगडा गरेर होई न मिलेर लागि परौँ कि हाम्रो यात्रामा आएका समस्याको चुनौतीको सामना गरी महिलालाई सवल बनाउन समाजको लागि उदाहरणीय बन्न सक्छौं ।

दोष अर्का माथि देखाएर आफूमात्र राम्रो छु भन्न खोजी रहेका हुन्छौँ तर यथार्थमा अरुलाई दोष दिएर मात्र हुँदैन आफ्नो तर्फबाट समेत केही गरेमात्र अरुलाई गाली गर्ने नैतिकता प्राप्त हुन्छ । दोषीले अर्को दोष देखाउने नैतिकता प्राप्त गर्न सक्दैन । ईमान्नदार वा निर्दोषीलाई मात्र अर्काको दोष देखाउने अधिकार हुन्छ ।

हामी पारिवारिक सदस्यहरु एकआपसमा सामाजिक सद्भाव मेलमिलाप आत्मनिर्भर भई कर्तव्यनिष्ठ बन्नुपर्छ । साँच्चै भन्ने हो भने महिला होस वा पुरुष हामी प्रत्येक घटनालाई सकरात्मक ढंगले हेर्न सक्दैनौँ, नकारात्मक रुपमा विश्लेशण गर्दछौं । दोष अर्का माथि देखाएर आफूमात्र राम्रो छु भन्न खोजी रहेका हुन्छौँ तर यथार्थमा अरुलाई दोष दिएर मात्र हुँदैन आफ्नो तर्फबाट समेत केही गरेमात्र अरुलाई गाली गर्ने नैतिकता प्राप्त हुन्छ । दोषीले अर्को दोष देखाउने नैतिकता प्राप्त गर्न सक्दैन । ईमान्नदार वा निर्दोषीलाई मात्र अर्काको दोष देखाउने अधिकार हुन्छ । समाजलाई गहिरिएर नियाल्ने हो भने समाजका प्रत्येक पक्षले आफ्नो भूिमका प्रभावकारी ढंगले निर्वाह गरिराखेका छैनन् । समाजको सकारात्मक परिवर्तनका लागि सबै सचेत नागरिकको जिम्मेवार भूमिका रहेको हुन्छ । समाज र कानून परिवर्तन गर्न सकिएपनि महिलाले मात्र शत् प्रतिशत बच्चा जन्माउने अधिकार पाएका हुन्छन् त्यसुमा महिलाले गर्व गर्ने ठाँउ छ । यसमा गर्व गर्दागर्दै पनि बच्चा जन्माएपछि उनीहरुको शरिर कम्जोर हुन्छ र त्यस विषयमा उनीहरुलाई थप हेरबिचार र मनोवल बढाउने कार्यमा समेत ध्यान दिनुपर्ने देखिएको छ । यति हुंदा हुंदैपनि बोक्सीको आरोपमा महिलालाई कुटपीट गर्ने, यातना दिने, सम्पतीको अधिकारमा महिलालाई बिभेद गर्ने, नागरिकता सम्बन्धी बिभेद गर्ने कार्य समेत भएपछि पहिलाहरु थ्प पीडित बनेका छन् । समाजका पुरुष र महिला सबै मिलि पुरुष मलिाको बिभेद हटाउन लागौं । महिलाबाट पुरुषलाई हुने पींडाको समेत खोजी गरी अन्तय गर्नेतिर सबै लागौं ।

एउटा रथठका दुई पाँग्रा नमिलि रथ नहिँडेजसरी मानिस अनि महिला र पुरुष मिलेर हिँडौं । संसार बदल्नु छ, केही सुरु आफैंबाट गर्नु छ ।