अन्तर्राष्ट्रिय

मोदीको चुनावी प्रचार आजदेखि अभियान शुरू

जम्मु काश्मिर, भारत । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आजदेखि चुनाव प्रचार अभियान सुरु गर्ने भएका छन् । उनको अभियान जम्मु काश्मिरबाट सुरु हुने भारतीय जनता पार्टी (भाजपा) का महासचिव राम माधवले बुधबार जानकारी दिए ।

“प्रधानमन्त्री मोदीले आजदेखि चुनाव प्रचार अभियान सुरु गर्नेछन्, र अभियानका लागि  जम्मु काश्मिरमा आउने कार्यक्रम रहेको छ,” राम माधवले भने । प्रधानमन्त्री मोदीले आफ्नो चुनावी अभियान जम्मु काश्मिरबाट सुरु गर्नुले पनि यस ठाँउप्रतिको मोदीको चासो प्रष्ट र पुष्टि हुने उनको भनाई छ ।

केही क्षेत्रीय पार्टीहरूले भने नगरपालिका र पञ्चायतको निर्वाचन भने बहिस्कार गर्ने घोषणा गरेका छन् । “ती पार्टीहरुले बहिस्कार गरेको निर्वाचन मार्फत् तल्लो तहबाट उनीहरु नेता चाहेका छैनन्, त्यसैले उनीहरुले बहिस्कार गरेका हुन्,” उनले भने ।

सन् २०१४ मा भएको निर्वाचनमा यस राज्यमा भाजपा विजयी भएको थियो । जम्मु, उदामपुर र लाडाख गरी तीन सिटमा विजयी भएको हो । अहिले जम्मु र काश्मिरमा लोक सभा निर्वाचनका लागि पाँच चरणमा मतदान हुन लागेको छ । अप्रिल ११ बाट सुरु भइ अप्रिल १८, २३, २९ र मे ६ का दिन मतदान हुने भएको छ ।