बाग्मती

नेपाल–जापानबीच आपसी सम्बन्ध नागरिक तहसम्म विस्तार

काठमाडौंँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नेपाल र जापानका नगर–नगरकाबीचमा भएको आपसी सम्बन्धलाई नागरिकको तहसम्म विस्तार गर्नुपर्ने बताएका छन्।

महानगरको कार्यालय सुन्धारामा नेपालका लागि जापानका राजदूत मासामिची साइगोसँग भएको भेटमा उनले महानगरसँग भगिनी सम्बन्ध भएको मात्सुमोतो नगरका नागरिकलाई आउँदो इन्द्रजात्रा अवलोकन गर्न निमन्त्रणा गरे ।

सो अवसरमा राजदूत साइगोले दुई देशबीचको प्रगाढ सम्बन्ध जनस्तरसम्म पु¥याउन हातेमालो गर्ने र जापानले नेपाललाई उपलब्ध गराउँदै आएको सहयोगलाई विस्तार गर्दै लगिने बताएको महानगरले जनाएको छ ।