बाग्मती

पौडी खेलेर विष्णुकुण्डको उद्घाटन

भक्तपुर । वर्षौंदेखि पुरिएर भग्नावशेषमा परिणत भएको मध्यपुरथिमि नगरपालिका–४ इन्द्रायणी पीठमा रहेको प्रसिद्ध धार्मिक एवं मल्लकालीन विष्णुकुण्डको बुधबार उद्घाटन गरिएको छ ।

विसं २०७४ चैतमा जीर्णोद्धार शुरु भएको उक्त पोखरीको जीर्णोद्धार सम्पन्न भएपछि मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले पोखरीमा पौडी खेलेर उद्घाटन गरेका हुन् । उनले भने, “नगरपालिकाको रु एक करोडको लागतमा उपभोक्ता समितिमार्फत जीर्णोद्धार गरिएको हो, अब अन्य पोखरीको पनि जीर्णोद्धार गर्छौँ ।” पोखरी महिला र पुरुषलाई बिहान र बेलुका छुट्टाछुट्टै समयमा पौडी खेल्न खुला गरिने उनले बताए।