राजनीति

ओली सरकारले तीन करोड नेपालीको विश्वासलाई कदर गर्न सकेनः नेता सिंह

बिराटनगर । आज नेपाली कांग्रेस ताप्लेजुङ जिल्लाले सदरमुकाममा आयोजन गरेको कार्यक्रममा बोल्दै कांग्रेस नेता प्रकाशमान सिंहले नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको बर्तमान सरकारले जनमतको सम्मान गर्न नसकेको आरोपलगाएका छन्। सरकार यतिबेला संविधानको भावना र मर्म बिपरितका कामगर्न लागि परेकाले समयमा नै नसच्चिए आफुहरु कडा प्रतिबादमा उनने चेतावनी दिएका छन् ।
हरेक दिन सरकारका गतिबिधि निरंकुशता र सर्बसत्ता बादी सोचकासाथ अगाडि बढिरहेकाले आफुहरुको आग्रहलाई कमजोरीका रुपमा लिए एक पटक कांग्रेसशीत पौठाजोरि खेल्ने सासकहरुको हबिकत बुझ्न बिगत स्मरण गर्न समेत आग्रह गरेका छन् ।चुनावी परिणाम संबिधानको परिधिभित्र रहेर मुलुक संचालनका लागि मात्र हो भन्ने कुराको हेक्का राख्न समेत आग्रह गर्दै यो या त्यो बहानामा कांग्रेसले कुनै पनि कम्युनिष्ट अतिवाद ल्याउछु भन्ने कुरा टुलुटुलु हेरेर बस्न नसक्ने समेत बताएका छन् ।

एउटा चुनाव हार्दैमा मुलुकबाट कांग्रेसको अस्तित्व सकिएको भनेर नबुझ्न समेत आग्रह गर्दै आफुहरु सदनदेखि सडकसम्म जिम्मेवार प्रतिपक्षीको रुपमा सशक्त रुपमा प्रस्तुत हुने पनि बताएका छन् । फरक प्रसंगमा बोल्दै कांग्रेस संस्थागत रुपमा चल्नु पर्ने आफ्नो जोडरहेकाले पार्टी भित्रको आन्तरिक कार्यशैली सुधार्न नसक्के कम्युनिष्ट अतिवादका बिरुद्ध लड्न नसकिने भएकाले कार्यसैली सुधार्नुपर्छ भन्ने आफ्नो धारणा रहेकाले देश भरका नेता कार्यकर्ता हरुसित भेटघाट गरिरहेको बताएका छन् ।

एउटा चुनाव हार्दैमा अलिकति पनि बिचलित नभईकन पार्टी र जनताको काममा लाग्न समेत आग्रह गरेका छन् पार्टी सुधार्नुपर्छ समयको आवश्यकता र माग अनरुप चल्नु पर्छ भन्दा कोईकसले बिरोध गरेको रुपमा बुझ्छ भने यसमा आफ्नो केही भन्नु छैन भन्दै नेता विशेषको चाप्लुसी गरेर बस्नेहरुलाई भन्ने केहिछैन भन्दै पार्टी बलियो बनाउनु पर्यो बिधिबिधान अनुसार निर्णय लिने काम गर्नु पर्यो ब्यक्तीगत नभई संस्थागत बनाउनु पर्यो भन्दा बिरोध गरेको देख्नेहरुलाई म प्रस्न गर्न चाहान्छु, के यहि अवस्थामा नेतृत्व को वरिपरि हजुर तपाईं भनेर यो पार्टीले मुलुक सामु देखिएका बर्तमान चुनौतिको सामना गर्नसक्ला त ? के कयौं जोस जागर बोकेका युवाहरुलाई पार्टीमा आकर्षण गराउन सकिएला भन्दै कडा रोष प्रकट गरेका छन् ।
गर्नु पर्ने काम गर्न पर्यो, ने बि संघ तरुण दल जस्ता भात्रि संस्था पार्टीका भिभागहरुलाई क्रियासिल बनाउनु पर्यो भन्दा बिरोध गरेको बुझ्ने हरुनै पार्टी हित नचाहाने गलत सोच भएकाहरुकै कारण पार्टी यो हालतमा पुगेकाले अब सुधार्नु पर्छ, हारेका ठाउंमा जित्ने गरि संगठन बनाउनुपर्छ, युवा हरुलाई लक्षीत गरि कार्यक्रम तय गरि जनताको मन जितेर पार्टी संगठन मजबुद बनाउनु पर्छ भन्नेमा आफ्नो जोड रहेकाले यसमा संका आसंका गरिराखनु पर्दैन भन्दै सरकारका मनपरि गतिविधि स्वेच्छाचारि सोचका बिरुद्धमा लड्न ससक्त पार्टी संगठन जरुरी रहेकाले सबै नेता कार्यकर्ताहरुलाई एक भएर खटिन आग्रह गरेका छन् ।
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य हृदयराम थानी, सरिता प्रसाईंले पार्टी बलियो बनाउन मेहेनत गर्न आग्रह गरेका थिए भने काठमाडौ जिल्ला सभापति सबुझ बानिया ईलाम सभापति हिमाल कर्माचार्य संविधान सभा सदस्य नगेन्द्र कुमार कुमालले आफ्नु धारणा राखेका थिए । कार्यक्रम नेपाली कांग्रेस ताप्लेजुङ जिल्ला सभापति लिला बोखिमको सभापतित्वमा सम्पन भएको थियो ।