स्वास्थ्य

एभरेष्ट बैंकका ग्राहकलाई नेपाल नेशनल हस्पिटलमा छुटको व्यवस्था

काठमाडौँ । एभरेष्ट बैंकले ग्राहकलाई छुट र स्पेशल प्याकेजको व्यवस्था गर्न नेपाल नेशनल हस्पिटलसँग साझेदारी गरेको छ । गुणस्तरीय सेवामा समर्पित कलंकी स्थित नेपाल नेशनल हस्पिटल बहुविशेषता भएको हस्पिटल हो । नेपाल नेशनल हस्पिटलमा एक सयको संख्यामा बेड रहेको छ ।

एभरेष्ट बैंक र नेपाल नेशनल हस्पिटलबीचको एमओयू अनुसार ग्राहकले विभिन्न सेवा शुल्कमा १० देखि १५ प्रतिशतसम्म छुट पाउने छन् । ग्राहकले एभरेष्ट बैंकको एटिएम वा क्रेडिट कार्ड देखाएर उक्त छुट पाउन सक्ने छन् । “सर्भिस विथ स्माईल” नारा सहित एभरेष्ट बैंकले सदैव ग्राहकको लाभ र सन्तुष्टिलाई मध्येनजर गर्दै आएको छ ।

एभरेष्ट बैंकको सन्तुष्ट ग्राहकको संख्या १० लाख भन्दा बढि रहेको छ जुन बैंकिङ्ग क्षेत्रमा नै सबैभन्दा उच्च हो । साथै, हालै क्यामेलस् रेटिङमा एभरेष्ट बैंक बेस्ट रेटेड कमर्सियल बैंकमा पर्न सफल भएको छ । एभरेष्ट बैंकले हाल आफ्ना ९२ वटा शाखा, २८ राजस्व संकलन काउन्टर र ११६ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।