आर्थिक

एन. सी. सी. बैंक अवकाश कोषद्वारा संचितबचतको ७०% लाभांश वितरण

काठमाडौँ । नेपाल क्रेडिट एण्ड कमर्श बैक अन्तर्गत रही नेपाल राष्ट्र बैंक र नेपाल सरकार, आन्तरिक राजश्व विभागबाट स्वीकृती लिई विगत १६ वर्ष देखि छुट्टै यूनिटको रुपमा संचालित एन. सी. सी. बैंक अवकाश कोषले देशभर रहेका आफ्नो  १२२ शाखामार्फत संचय कोष, अवकाश कोष, उपदान कोष, संचितबिदा कोष लगायत अन्य कोषको खाता खोल्ने, संचित बचतको ९०% सम्म कर्जा दिने एवं अवकाश पाएका कर्मचारीलाई संचित कोष रकम फिर्ता भुक्तानी दिने जस्ता कार्य गर्दै आई रहेको छ ।

यस कोषले गत २०७५ आषाढ मसान्त सम्मको संचित बचतबाट ७०% रकम ३ करोड ६२ लाख ७० हजार रुपैया आफ्नो  करिव २ सय भन्दा बढी संघ सस्थाका सबै ग्राहक कर्मचारीलाई सोही अवधिको संचित अवकाश कोषमा रहेको मौज्दातको १.८३% लाभांश रकम निजकै सम्बन्धित अवकाश कोष खातामा जम्मा हुने गरी वितरण गरेको छ ।

उक्त कोषले विगत वर्षमा पनि आफ्नो संचित बचत (Surplus) रकमबाट आफ्नो बचत कर्तालाई लाभांश वितरण गर्दै सबै ब्यक्तिगत संचय कर्ताका लागि प्रत्येक वर्ष १५ हजार सम्मको निःशुल्क औषधोपचार बिमा सुविधा पनि प्रदान गर्दै आई रहेको छ ।