समाचार

शान्तिलाई बहुआयामिक विधिबाट सम्बोधन गरिनुपर्छः नेता खनाल

काठमाडौँ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले व्यक्तिगत वा मानसिक शान्ति तथा सामाजिक शान्ति बहुआयामिक विधिबाट सम्बोधन गरिनुपर्ने बताएका छन् । भारतको केरला, त्रिवेन्द्रम पोथेनकोडमा भएको सन्तगिरि आश्रम हीरक जयन्तीका अवसरमा आयोजित सभालाई सम्बोधन गर्दै उनले मानसिक शान्ति मैत्री, करुणा, दया, संयम, नम्रता, क्षमा, अहिंसा, प्रेम र अहङ्कारबाट तथा सामाजिक शान्ति सामाजिक न्याय र विकासबाट प्राप्त हुन सक्ने स्पष्ट गरे ।

उनले आश्रमले चलाएको सनातन गुरुशिष्य परम्परा, लोकोपकारी र मानवीय गतिविधि तथा धर्मनिरपेक्ष आध्यात्मिकता र सांस्कृतिक सद्भावको अभियान नेपालमा पनि चलाउनका लागि आश्रमसँग मिलेर काम गर्न सकिने बताए ।

मङ्गलबार आयोजित कार्यक्रममा उनले पद्भूषण भरत मोहनलाललाई उनले मलायम सिनेमामा दिएको योगदानवापत सन्तगिरि प्रणव पद्म पुरस्कार पनि प्रदान गरे । आइतबार त्यसतर्फ गएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता खनाल श्रीलङ्कामा हुने एशियाली राजनीतिक दलहरुको अन्तरराष्ट्रिय सम्मेलन (आइक्याप) बैठकमा पनि सहभागी हुन् छन् ।