गण्डकी प्रदेश

निःशुल्क बृहत् योग शिविर शुरु

म्याग्दी । गण्डकी प्रदेशको स्वास्थ्य जीवन अभियानअन्तर्गत बुधबारदेखि म्याग्दीको सदरमुकाम बेनीमा निःशुल्क बृहत् योग शिविर शुरु भएको छ ।

सामाजिक विकास मन्त्रालय र नवीन आनन्द योग केन्द्रको आयोजनामा तीन दिनसम्म सञ्चालन हुने शिविरमा योगाभ्यास, विशेषज्ञ आयुर्वेद स्वास्थ्य उपचार, मधुमेह, बाथ, मुटु, मिर्गौला र मोटोपनासम्बन्धी रक्त परीक्षण सेवा पनि दिइने भएको छ ।

शिविरको उद्घाटन कार्यक्रममा सामाजिक विकासमन्त्री नरदेवी पुनले नसर्ने रोगको जोखिम न्युनीकरणका लागि योगाभ्यासलाई आम नागरिकको पहुँचसम्म पु¥याउनुपर्ने बताए । नसर्ने रोगबाट बच्नका लागि स्वस्थ जीवनशैली, खानपान र योगाभ्यास आवश्यक रहेको उनको भनाइ थियो ।

योगी विकासानन्दले सहजीकरण गर्नुहुने शिविरमा बेनी बजारका बासिन्दा, व्यापारी, व्यवसायी, कर्मचारी, राजनीतिज्ञको सहभागिता छ ।