राजनीति

देश दौडाहामा निस्केका नेता सिंहको दाबीः ओली सरकारले भ्रष्टाचारलाई संस्थागत गर्यो

पाँचथर । नेपाली काँग्रेसका पुर्ब महामन्त्री प्रकाशमान सिंहले नेतृत्वको कार्यशैलीले गर्दा पार्टी कमजोर भएको बताएका छन् । नेपाली काँग्रेस पाँचथरले मंगलबार सदरमुकाम फिदिममा आयोजना गरेको विमर्ष कार्यक्रममा बोल्दै नेता सिंहले पार्टी नेतृत्वको कार्यशैली चित्तबुज्दो नभएककाले पार्टी यस्तो अवस्थामा पुगेको बताएका हुन् ।

‘काँग्रेसको बिचार एकदमै राम्रो छ,’ कार्यकर्ताहरुलाई सम्बोधन गर्दै सिंहले भने ‘राम्रो बिचार भएतापनि पार्टी नेतृत्व ठिक नभएकाले हामी कमजोर बनेका छौँ ।’ काँग्रेको महाधिबेसनले पारित गरेको नीति तथा कार्यक्रमहरु नै पार्टीको आधिकारिक धारणा भएकाले कसैले पनि जथाभाबि बोल्न नहुने उनको ठहर थियो । हरेक दिन जिम्मेवार नेताहरुले एउटै बिषयमा दिनमै फरक फरक बिचार राख्ने गरेका कुराले अन्योल्ता बढेको भनेर कार्यकर्ताले तीब्र असन्तुष्टि ब्यक्त गरेकाले नेता सिंहले बताएका हुन् ।

‘पार्टीलाई संस्थागत रुपमा चलाउन नसकेकै कारण विपक्षिले फाइदा उठाएका हुन् उनले भने । ‘पार्टीभित्र सहमतिको आधारमा काम गर्नुपर्छ । तर, पार्टीमा त्यस्तो भएको छैन । देश दौडाहामा रहेका नेता सिंहले अबको पार्टी नेतृत्व नबिन सोच भएका नेताले गर्नुपर्ने बताएका छन् । गुटको अन्त्य गर्ने नेताको खाँचो यति बेलाको कांग्रेसको आवस्यकता रहेको उनले बताए। ‘अब भने पार्टीको नेतृत्व नबिन सोच भएका नेताले नै गर्नुर्छ भन्नेमा उनको जोड रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै सिंहले बर्तमान सरकारले जनजिबिकासँग जोडिएका कुनै पनि काम गर्न नसकेकोले खबरदारि जरुरी रहेको बताए । ‘दुई तिहाई बहुमतको सरकाले भ्रष्टाचारलाई संस्थागत रुपमा बिकास गरेको आरोप लगाउँदै ‘यो सरकाले देश र जनताका लागि एउटा पनि राम्रो काम गर्न सकेन ।’ सरकाले काम भन्दा धेरै गफ मात्र गरेको हिँडेको छ भनेका छन् ।

कार्यक्रम कांग्रेस केन्द्रीय सदस्य हृदयराम थानीले कांग्रेस भित्र व्यापक सुधारको खाचो रहेको बताए । अर्का केन्द्रीय सदस्य सरिता प्रसाईले पार्टी जिल्ला सभापतिहरुले उठाएका जायज मुद्धाहरुको पकक्षमा देशभरका कार्यकताको भावना जोडिएकाले आफुहरुको साथ रहने बताए । कार्यक्रममा काठमाडौं जिल्ला सभापति सबुझ बानियाँ ईलाम सभापति हिमाल कर्माचार्य संविधान सभा सदस्य नगेन्द्र कुमार कुमाल लगायतले पार्टी संगठन संचालन विधि प्रक्रियाबाट हुन नसकेकाले नेतृत्व सच्चिनुपर्ने धारणा राखेका थिए । कार्यक्रम नेपाल कांग्रेस पाँचथर जिल्ला सभापति नरेन्द्र केरुङको सभापतित्व मा सम्मन भएको थियो । नेता सिह पुर्बका जिल्ला हरुमा नेता कार्कर्तासंगको भेटघाटमा जाने क्रममा मंगलबार पांचथर आईपुगेका हुन् ।

कार्यक्रममा उपस्थित काँग्रेसजनहरु