अन्तर्राष्ट्रिय

बार्षिक सम्मेलनमा दुई हजार भन्दा बढी प्रतिनिधि सहभागी

बोआओ, हैनान । चीनमा सुरु भएको बोआओ फोरम फर एसिया (विएफए) को बार्षिक सम्मेलनमा दुई हजार भन्दा बढी प्रतिनिधि सहभागी भएका छन् । विभिन्न ६० देश र क्षेत्रका सरकारी अधिकारी, उद्यमी र विज्ञहरु सम्मेलनमा सहभागी भएका मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा अधिकारीहरूले बताएका छन् ।

प्रधानमन्त्री लि खछ्याङ बुधबार हुने उद्घाटन कार्यक्रममा मुख्य वक्ताको रुपमा सहभागी हुनुहुने विएफएका महासचिव लि बाओडोङले जानकारी दिए । सहभागी दुई हजार जना मध्ये एक सय जना ठूला व्यवसायिक प्रतिष्ठानका कार्यकारी र एक हजार जना उद्यमी रहेका छन् । यो बार्षिक सम्मेलन मार्च २६ तारिख मंगलबारदेखि सुरु भएको छ भने २९ मार्चसम्म चल्ने आयोजनकले जनाएका छन् ।

सम्मेलनमा साझा चासो, संयुक्त कार्ययोजना र भविष्यका बारेमा छलफल तथा अनुभव आदानप्रदान गरिने महासचिव बाओडोङले बताए । “मलाई विश्वास छ, बाओ फोरम नीति निर्माता, उद्यमी, विज्ञलगायतका लागि सहभागीतामुलक मंचकोरुपमा खुल्ला हुनेछ,” उनले भने । त्यसैगरी सम्मेलनका क्रममा विश्व अर्थतन्त्र, अन्तर्राष्ट्रिय सम्वन्ध, विभिन्न क्षेत्रमा आइपरेका समस्या लगायतका विषयमा छलफल र एक अर्कालाई सुझाव आदान प्रदान गरिने उनले जानकारी दिए ।