समाचार

एक वर्षमै सरकारको मुल्याङ्कन गर्ने समय भएको छैन: मन्त्री अर्याल

स्याङ्जा । भूमी व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममाकुमारी अर्यालले युवालाई विदेश पठाउन नहुने बताएकी छिन् ।

मन्त्री अर्यालले युवाहरुलाई विदेश पठाउने होइन नेपाललाई विदेशी युवाको आकर्षणको थलोको रुपमा विकास गर्नुपर्ने बताएकी छिन् । मन्त्री अर्यालले मंगलबार आधिखोला गाउँपालिकाको वडा नम्बर २ र ५ जोड्ने भैरवकुण्ड मोटरेवल पुलको शिलन्यास गर्दै प्रत्येक घरका एक जना सदस्यलाई रोजगारी दिने उद्देश्यका साथ प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु गरिएको बताईन् ।

पाँच वर्षमा जनताले देख्ने गरी समृद्धितर्फ देश अगाडि बढ्ने बताउँदै अहिले एक वर्षमै सरकारको समृद्धिको योजनाको मुल्याङ्कन गर्ने बेला भई नसकेको बताईन् ।