बाग्मती

नेपालमा यसरी हुन्छ आत्महत्या

आत्महत्या:- आत्महत्या (Suicide)भन्ने शब्द सबै सङ्ग चिरपरिचित शब्द नै हो । आत्महत्या आत्मा+हत्या मिलेर बनेको हुन्छ जसको सामान्य अर्थ आत्माको हत्या अर्थात आफुले आफू द्वरा आफ्नै आत्मा वा आफ्नो हत्या गरिनु भन्ने बुझिन्छ । यसरी हेर्दा कुनै पनि ब्यक्तिले आफुलाई नियतबस आफै मार्नु आत्महत्या हो । पछिल्ला केही अध्ययनहरुलाई आधार मान्दा यो समस्या जनावरहरुमा पनि हुने गरेको पाइएको छ । कुनै पनि कारण, पिडा वा समस्यामामा उल्झिए पछि व्यक्त वा जनावरले त्यो समस्या देखि सदाकालागि छुटकारा पाउन प्रयोग गर्ने विधिमध्येको एक सबै भन्दा अराजक र निर्मम विधि हो यो । यसमा व्यक्तिले आफुले आफैलाई कुनै न कुनै कुराको प्रयोग गरि मार्ने प्रयास र मार्द छ ।

संसारमा आत्महत्या:-

आत्महत्या सम्बधी विभिन्न स्रोतलाई आधार मानेर हेर्ने हो भने, विश्वमा हरेक ४० सेकेण्डमा एक जना मानिसले आत्महत्या गर्छ भने हरेक ३ सेकेण्डमा एक जनाले आत्महत्याको प्रयास गर्दछ । यसरी हेर्दा वर्षे नि करिब ८ लाख मानिसहरुले आत्महत्या गर्दछन् । र आत्महत्या गर्नेहरुको संख्या सन २०२० सम्म २० लाख पुग्ने अनुमान गरिएको छ । यसरी आत्महत्या गर्नेहरुमा महिलाको तुलनामा पुरुष बढी रहेको पाइन्छ भने विकसित मुलुकमा महिलाको तुलनामा पुरुषको संख्या दोबर रहेको तथ्यांक भेटिन्छ । आत्महत्या गर्नेहरुमा बढी जसो किशोर किशोरी र ७० वर्ष उमेर कटेका ब्यक्तिहरु पर्दैछन । भने १०-२९ वर्ष उमेर समूहका मर्ने मानिसको समुहमा आत्महत्या मृत्यु को दोस्रो कारण रहेको छ । विश्व स्वास्थ्य सङगठन को तथ्यांक हेर्दा सन २०१२ मा ८ लाख चार हजारले  आत्महत्या बाट ज्यान गुमाएका छन्। भने २०१६ मा यो संख्या बढेर ८ लाख १७ हजार पुगेको छ ।

 

-आत्माहत्याको सांकेतिक तस्विर-फोटो /एजेन्सी

यसरी हेर्दा १०-२९ वर्षमा मानिसमा आत्महत्या बढी देखिएको छ । जसमा ९४,५५३ महिला र १, २७, ५४० पुरुष गरि जम्मा २, २२, ०९३ जना रहेका छन् । भने २०१७/१८ को तथ्यांकलाई आधार मान्दा सबै भन्दा बढी आत्महत्या हुने देश लिथिनिया ३१.९ प्रती लाख र दोस्रोमा रसिया ३१ जना प्रती लाख रहेका छन् भने सबै भन्दा कम ०.५ जना प्रती लाख बर्बुडामा रहेका छन् । यो सुचीलाई आधार मान्दा नेपाल आत्महत्या गर्ने देशको सुचीको ७३औ स्थानना पर्छ भने जसमा ८.८ जना प्रती लाख आत्महत्या गर्छन् । संसारमा आत्महत्या बाट ज्यान गुमाउनेको संख्या जैविक प्रकोप बाढी पहिरो बाट ज्यान गुमाउनेको भन्दा बढि रहेको छ।

सार्क देश र नेपालमा आत्महत्याको अवस्था:-

दक्षिण एशियाली सहयोग सङ्गठन (सार्क) मा हाल दक्षिण एसियाका ८ देश समाहित छन् । यी सबै देशहरुले आत्महत्याको समस्या भोगि रहेका छन्। विश्व स्वस्थ्य सङ्गठनको २०१७ को तथ्यांकलाई आधार मान्दा, भारत सार्क देशहरु मध्य सबै भन्दा बढी आत्महत्या गर्ने देश हो । जहाँ प्रत्यक वर्ष १६.३ जना प्रति लाखले आत्महत्या गर्दछन । भारतमा आत्महत्या गर्ने हरुमा किसान बिधार्थी बेरोजगार युवा रहेको पाइन्छ। भने दोस्रोमा श्रीलंका १४.६ जना प्रतिलाख, तेस्रो नेपाल ८.८ जना प्रतिलाख, बङगलादेश ५.९ जना प्रतिलाख, अफगानिस्तान ४.७ जना प्रतिलाख,पाकिस्तान २.९ जना प्रतिलाख, माल्दिप्स २.३ जना प्रतीलाख यसरी हेर्दा पनि नेपालमा आत्महत्याको स्थिति भयाबह छ भन्न नसकिने अबस्था भने नभएको होइन ।

नेपालमा आत्महत्याको अवस्था:-

नेपालमा आत्महत्या सम्बन्धि विशेष खालका अनुसन्धान नभएकोले उपलब्ध तथ्यांकको उचित अभिलेख प्रणाली नहुनु, आत्महत्या लुकाउनु जस्ता कुराले आधिकारिक तथ्यांकमा केही फेरबदल देखिन सकिन्छ तर नेपाल प्रहरिको उपलब्ध तथ्यांकलाई आधार मान्दा ३.७ देखि १०.३ जना प्रती एक लाखमा आत्महत्या गर्ने गरेको भेटिन्छ । यसरि हेर्दा आर्थिक वर्ष २०७२/७३ मा चार हजार पाँच सयले आत्महत्या गरेका थिए भने आ.ब ७३/७४ मा यो संख्या बढेर पाँच हजार तीन सय सत्र जना पुगेका छन् । विश्व स्वास्थ्य सङ्गठनलाई आधार मानेर हेर्दा नेपालमा प्रती वर्ष ८.८ जना प्रती लाखमा आत्महत्या गर्छन । यसरी आत्महत्या गर्नेको संख्यामा पुरुषको संख्या बढी छ भने १५-२९ वर्ष उमेर समुहका व्यक्तिको समूह बढी देखिएको छ । आत्महत्या गर्ने हरुमा किशोर किशोरी, विद्यार्थी, बेरोजगार र आर्थिक अवस्थाले कमजोर व्यक्तिहरु संख्या बढी छ भने सामाजिक र परिवारिक पिडामा रहेका, व्यक्तिगत सम्बन्धमा खराबी रहेका साथै निको नहुने तथा दिर्घकालिन रोग लागेका व्यक्तिहरु पनि उतिकै छन । प्रिय मान्छे गुमाउनुको पीडा लगायत अन्य पीडाबाट गुज्रिएर डिप्रेसनको सिकार भएर आत्महत्या गर्नेको संख्या बढेको छ ।

आत्महत्याका कारण :-

आत्महत्याको कारण यहि हो भनेर एकिनका साथ भन्न नसकिए पनि झट्ट हेर्दा देखिने कारण भनेको मानसिक समस्या वा डिप्रेसन नै बढी पाइएको छ । तर पनि सामान्यतया यसका कारण लाई यसरी हेर्न पनि सकिन्छ ।

१० जैविक शारीरिक कारण :-
यसमा व्यक्तिको शरिरिक मानसिक अवस्थाले प्रभाव पार्दछ । निको नहुने वा पुराना जटिल खालका रोगदेखी आजित हुनु । डिप्रेसन, चिन्ता, डर, व्यवहार परिवर्तन जस्ता मानसिक समस्या, ड्रग, लागू औषतको प्रयोग, खराब सङ्गत, बच्चा उमेर वा हालसालै भएका कुनै अप्रिय घटना, दुव्र्यवहार, परिवारमा आत्महत्याको इतिहास आदि जस्ता कुरा यहाँ समेट्न सकिन्छ ।

२० वातावरणिय, सामाजिक र आर्थिक कारण :-
आफू बाचि रहेको वातावरणमा कुनै अप्रिय घटना घट्नु, जस्तै प्रेम सम्बन्ध टुट्नु, सपना पूरा नहुनु, समाजबाट उपेक्षित हुनु, साथीभाईको समूहबाट एक्लिनु, सामुहिक दुव्र्यवहार हुनु, आर्थिक चपेटामा पर्नु जस्ता अनेकौं ससाना कारणले व्यक्तिको मानसिक र शारीरिक अबस्थामा परिवर्तन आई व्यक्तिले आत्महत्याको बाटो रोज्न सक्छ ।

रोकथाम :-
रोकथाम स्(आत्महत्या एक भयावह अवस्था हो । मानिसले आफुलाई कमजोर निक्म्मा कामै नलाग्ने र हेलित अनुभव गरे पछि आफुलाई उक्त पिडाबाट बचाउन आत्महत्याको बाटो रोज्दछ । आत्महत्या नै समस्या समाधानको सबै भन्दा उत्कृष्ट उपाय ठानेर उनिहरुले यो बाटो रोज्द छन्। आत्महत्या गर्न लागेको व्यक्तिले कुनै न कुनै माध्याम बाट आफुले आत्महत्या गर्दै छु भन्ने जानकारी भने दिएको हुन्छ । कसैसँग प्रष्ट भनेर होस या समूहबाट एक्लियर, रनाइलो क्षेणमा पनि निराश भएर, मृत्युका कुरा गरेर उसले संकेत भने दिई रहेको हुन्छ । यसरी संकेत पाए पछि उक्त अवस्थाबाट जोगाउने उचित आपाए भनेकै उचित सल्लाह र सुझाब हो ।  अर्को उपाय कारण अनुसारको उपचार गर्नु हो । जस्तै डिप्रेसन भएको पुराना रोगले आजित भएको मान्छेलाई औषधि उपचार गर्ने, नया र रमाइलो ठाउँ घुमाउन लैजाने, उस्लाई साथी र परिवारकै बिचमा राखी राख्ने, आदि जस्ता कार्य गर्न सकिन्छ ।

यो समयमा व्यक्तिलाई उसको जीवन सबैभन्दा अमुल्य हो भन्ने कुराको अबगत गराई उससलाई पुरानै जीवन शैलीमा फर्किन प्रेरित गर्नुपर्दछ । जसले गर्दा व्यक्तिले आफ्नो जिवनको मूल्य बुझोस र आफुलाई परिवार राष्ट्रको एक सक्षम सदस्यको रुपमा उभ्याउन सक्दछ । आतमहत्या एक कानुनी अपराध हुनुका साथै एक ठूलो सामाजिक समस्या पनि हो जसका कारण परिवार समाज र देशले एक सक्षम नागरिक गुमाउन सक्दछ । प्रेम सम्बन्ध बिग्रनु, बेरोजगार हुनु, सपना पूरा नहुनु, प्रिय मान्छे गुम्नु, लगायता थुप्रै कारणले व्यक्ति मानसिक समस्या डिप्रेसन हुँदै मृत्यु खोज्दछ । त्यसैले यो हुनबाट बचाउनको लागि सबैले आ-आफ्नो ठाउँबाट उचित प्रयास गर्नु पर्दछ।

के आर पाण्डुलिपि
(लेखक त्रि बि शिक्षा शास्त्र शंकायमा स्वास्थ बिषय लिई स्नातकोत्तर अध्यान गर्दै हुनुहुन्छ ।)