बाग्मती

चर्चित नायीका प्रियंका र नायक आयुषमान फ्यानसँग मोःमोःउत्सवमा रमाउदैँ

काठमाडौँ । कोका–कोला मोःमोःउत्सव, नयाँ उत्साह र उमंगका साथ नयाँ वर्षको शुरुवात गर्न कोका–कोला नेपालद्वारा आयोजित एक लोकप्रिय वार्षिक उत्सव हो । यो चौथो संस्करणको “कोक र मःमः पर्फेक्ट जोडी”नारा सहितको मोःमोःउत्सवले कोक र मःम प्रेमीमाझ निकै लोकप्रियता कमाइ रहेको छ ।

प्रियंका र आयुषमानले मोःमोःउत्सवको रौनक बढाउन काठमाडौंका विभिन्न आउटलेट र होटलहरुमा भ्रमण गर्दै फ्यानहरुसँग बसेर कोका–कोला र विभिन्न परिकारको मःमःको मज्जा लिइरहेका छन् ।  प्रियंका कार्की र आयुषमान देशराज जोशीले मंगलबार नयाँ बानेश्वरका मुड अन केफ, बर्गर हाउस, बर्गर क्लब, बिशाल मःमः र चिकेन स्टेशनका आउटलेटहरुमा भ्रमण गरेका छन् ।

प्रियंका र आयुषमानले विभिन्न आउटलेटका संचालक, स्टाफ् र फ्यानहरुसँग भेटघाट गरेर कोक र मःमःको अनुभव बढाउदै फोटो खिचेका छन् । फ्यानहरु पनि आयुषमान र प्रियंकालाई भेटेर कोका–कोला र मःमको मज्जा लिन पाउँदा निकै खुसी भएका थिए ।

आयुषमानले मोःमोःउत्सवको अनुभव साट्दै भने, “मलाई कोका–कोला मोःमोःउत्सवले विभिन्न परिकारको मःमः र चिसो कोका–कोलाको अनुभव बढाउन अवसर प्रदान गरेको छ । मैले फ्यानहरुसँग बसेर विभिन्न परिकारको मःमः र कोका–कोलाको मज्जा लिने मौका पाए यसका लागि म कोका–कोला नेपाललाई आभार प्रकट गर्न चाहान्छु । मेलै मोःमोःउत्सव भ्रमणको क्रममा उत्कृष्ट अनुभव बटुल्ने मौका पाए ।”