प्रदेश 2

नेपाल राष्ट्रिय हिन्दी सम्मेलन हुने

जनकपुरधाम । यही चैत २० र २१ गते जनकपुरधाममा १८ औँ नेपाल राष्ट्रिय हिन्दी सम्मेलन हुने भएको छ । नेपाल राष्ट्रिय हिन्दी सम्मेलनद्वारा आयोजना हुने सो सम्मेलनमा हिन्दी भाषाबारे विचारविमर्श, कविगोष्ठी र स्रष्टालाई सम्मान गरिने जनाइएको छ । सो अवसरमा यस वर्षको राजर्षि जनक प्रतिभा पुरस्कार डा रामदयाल राकेशलाई प्रदान गरिने निर्णय गरिएको सम्मेलनका अध्यक्ष एवं वरिष्ठ पत्रकार राजेश्वर नेपालीले जानकारी दिए । सो पुरस्कारको राशि रु ५५ हजार ५५५ छ ।

त्यस्तै सम्मेलनमा नेपालका १० र भारतका दुई स्रष्टालाई सम्मान गरिने बताइएको छ । सम्मानित हुनेहरूमा सिरहाका यमुनाप्रसाद पञ्जियार, धनुषाका जनकनन्दिनी शरण, महोत्तरीका महेश्वर राय, सर्लाहीका वीरेन्द्र मिश्र, रौतहटका प्रभा सिंह, पर्साका सतीशचन्द्र सजल, नवलपरासीका देशबन्धु यादव, कपिलवस्तुका मनोजकुमार ओझा र बाँकेका दिवेशकुमार मिश्र तथा भारतका रामचन्द्र राय र गौरकान्त झा रहनुभएको अध्यक्ष नेपालीले बताए ।