मनोरञ्जन

चैत्र २९ गते नायक अनमोल र सलिनमानबिच प्रतिस्पर्धा

काठमाडौँ । अभिनेता अनमोल केसी र सलिनमान बनियाँको फिल्मसँगै एकैसाथ प्रर्दशन हुने भएको छ । नायक केसीको अभिनीत चलचित्र ‘ए मेरो हजुर ३’ चैत्र २९ गतेबाट प्रर्दशन हुँदैछ । यो मितिमा अभिनेता बनियाँको अभिनित चलचित्र ‘यात्रा’ पनि रिलिज हुँदैछ ।

यो मितीमा अनमोल र सलिनको भिडन्त हुने भएपछि धेरैले प्रतिस्पर्धाको रुपमा पनि लिएका छन् । चलचित्र ‘यात्रा’को ट्रेलर रिलिज कार्यक्रममा सलिनले भने–‘बरु म हार्छु, तर भाग्दिनँ ।  मेरो प्रतिस्पर्धा पनि नम्बर १ सँग होनीत । नम्बर १ सँग हार्दा पनि केही असर पर्दैन ।’ काठमाडौँका विभिन्न हलमा एकै चोटी प्रर्दशन हुने दुई वटै चलचित्रले दर्शकहरुलाई भने दोधारमा परेको देखिन्छ ।