अन्तर्राष्ट्रिय

कुन्दुजमा भएको हवाई आक्रमणमा परी कम्तीमा १३ जनाको मृत्यु

काबुल । अफगानिस्तानको कुन्दुजमा भएको हवाई आक्रमणमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ ।

मारिनेमा अधिकांश बालबालिका रहेको अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । अफगानिस्तानमा तैनाथ “अन्तर्राष्ट्रिय फौज”ले गरेको हवाई आक्रमणमा सर्वसाधारणको मृत्यु भएको संयुक्त राष्ट्रसंघले जनाएको छ । शुक्रबार राति अबेरदेखि शनिबार बिहान सबेरैसम्म हवाई आक्रमण भएको थियो । “प्रारम्भिक विवरण अनुसार मारिएकामध्ये दश जना बालबालिका रहेका छन्,” अफगानिस्तानस्थित राष्ट्रसंघीय मिसनद्वारा जारी वक्तव्यमा उल्लेख छ ।

अफगानी फौजको मद्दतका लागि अन्तर्राष्ट्रिय गठबन्धन फौजले हवाई आक्रमण गरेको अफगानी अधिकारीहरुले बताएका छन् । नेटोका एक जना प्रवक्ताले आक्रमणका बारेमा अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।