आर्थिक

सिटिजन्स बैंकको प्रमुख कार्यकारी अधिकृतमा पोखरेल

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनलको सोमबार बसेको सञ्चालक समितिको बैठकले कायममुकायम प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यसम्पादनगर्दै आएका गणेशराज पोखरेललाई चैत्र १८ गते बाट लागु हुने गरि आगामी ४ वर्षको कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्तगर्ने निर्णय गरेको छ ।तत्कालिन प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीको समयावधि समाप्त भएपश्चात नवनियुक्त प्रमुख कार्यकारी अधिकृत पोखरेलले कायममुकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा बैंकको नेतृत्व सम्हाल्दै आएका थिए । पोखरेलले स्थापनाकाल देखिनै बैंकसंग आबद्धभई विभिन्न ओहदामा रहि नेतृत्वदायी भुमिका निर्वाह गर्दै आएका छन् ।

बैंकिङ क्षेत्रमा एक अनुभवी बैंकरका रूपमा परिचित पोखरेलले त्रिभुवनविश्व विद्यालयबाट मार्केटिङमा स्नातकोत्तर, कानुनमा स्नातक तथा काठमाडौँ विश्व विद्यालयबाट वित्तव्य वस्थापन विषयमा स्नातकोत्तर गरेका छन् । बैंकमा आबद्ध हुनु अगाडी उनले विभिन्न संस्थामा महत्वपूर्ण ओहदामा रहि आफ्नो कार्यकुशलता प्रदर्शन गरि सकेका छन् ।

नवनियुक्त प्रमुख कार्यकारी अधिकृत पोखरेलले“भित्र सिस्टम र बाहिर इमेज”लाई काम गर्दा प्रमुख विषयबनाउने र समस्त सरोकारवालाहरूको हितमा कामगर्ने बताएका छन् । नीतिनियमको अनुपालना आफ्नो अत्यन्त प्राथमिकतामा पर्ने र यस अवधिमा बैंकलाई थप उचाईमा पु¥याँउने गरी कामगर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।डा. शंकर प्रसाद शर्मा, वरिष्ठ अर्थविद अध्यक्षरहेको यस बैंक अनुभवी व्यवस्थापन समूह र जनशक्तिबाट संचालित रहेको छ ।