अन्तर्राष्ट्रिय

इजरायली प्रधानमन्त्रीद्वारा आफ्नो भ्रमण छोट्याउने

जेरुसेलम । इजरायलको तेल अवीवको उत्तरमा पर्ने गाजा क्षेत्रमा रकेट प्रहार भएपछि अमेरिकाको भ्रमणमा रहनुभएका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्नो भ्रमण छोट्याएर देश फर्किन लाग्नु भएको सोमबार बताइएको छ ।

रकेट आक्रमणमा परी कम्तिमा सात व्यक्ति घाइते भएका छन् । आफ्नो देशमा सुरक्षाको कारण सयुक्त राज्य अमेरिको भ्रमण छोट्याउने निर्णय गरेको नेतान्याहुले बताएका छन् ।

नेतान्याहुले केही घण्टा मात्र राष्ट्रपति ट्रम्पसँग भेटवार्ता गरी आफ्नो देश फर्किन लागेका छन् समाचारमा उल्लेख गरिएको छ । नेतान्याहुको कार्यालयबाट प्रकाशित भिडियोमा सो जानकारी दिइएको स्थानीय सञ्चारमाध्यमले समाचारमा उल्लेख गरेका छन् ।