बाग्मती

परराष्ट्र मामिलामाथि हस्तक्षेप हुँदा सर्तसहित सहयोगको विरोध: नेमकिपा

काठमाडौँ । नेपाल मजदूर किसान पार्टीले अमेरिकाले उपलब्ध गराउने भनेको सर्तसहितको सहयोगलाई स्वीकार नगर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

उक्त पार्टीका सचिव प्रेम सुवालद्वारा जारी विज्ञप्तिमा सर्त राखेर सहयोग उपलब्ध गराउनु भनेको नेपालको आन्तरिक तथा परराष्ट्र मामिलामाथि हस्तक्षेप भएको हुँदा सर्तसहितको सहयोगको विरोध गरिएको छ । केही समयअघि अमेरिकाले नेपाललाई रु ५६ अर्बको आर्थिक सहयोग गर्ने बताएको उक्त पार्टीको विज्ञप्तिमा उल्लेख छ ।