कर्णाली प्रदेश

पर्यटन क्षेत्रको सुधारका लागि सरकारको तर्फबाट धेरै काम भएका छन्: मुख्यमन्त्री शाही

राँझा । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पर्यटन क्षेत्रको विकासबाटै आर्थिक समृद्धि हासिल गर्न सकिने बताए । नेपाल पर्यटन बोर्डसँगको साझेदारीमा नेपाल पर्यटन पत्रकार महासङ्घले आइतबार देखि नेपालगञ्जमा आयोजना गरेको पर्यटन पत्रकारिता तालीमको उद्घाटन कार्यक्रममा उनले प्राकृतिक स्रोतसाधनको उपयोग गर्दै पर्यटन प्रवद्र्धन गर्नसके आर्थिक समृद्धि हासिल हुने उल्लेख गरे ।

“पर्यटन क्षेत्रको सुधारका लागि सरकारका तर्फबाट धेरै काम भएका छन्”, मुख्यमन्त्री शाहीले भने, “बितेका एक वर्षमा विकास निर्माणका र पर्यटन प्रवद्र्धनका काम चाहेजति हुन सकेनन्, अबको एक वर्षमा पर्यटन क्षेत्रमा धेरै सुधारको अनुभूति हुनेछ ।” निजी क्षेत्रसँगको सहकार्यमा पर्यटन प्रवद्र्धन तथा पर्यटन पूर्वाधारको विकास गरिनुपर्ने उल्लेख गर्दै उहाँले एकले अर्कालाई देखाउने प्रवृत्ति त्याग्दै तोकिएका काम गर्ने र एकापसमा समन्वय गरी अघि बढ्नसके पर्यटनबाटै मुलुकको आर्थिक समृद्धि हासिल हुने दाबी गरे ।

नेपाल पर्यटन पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष धनीराम शर्माले मुलुकको आर्थिक समृद्धिका लागि पर्यटन पत्रकारिताको महत्वपूर्ण भूमिका रहेकाले सातवटै प्रदेशका प्रतिनिधिलाई तालीम आयोजना गरिएको बताए ।