आर्थिक

एनआई सी एशिया क्यापिटलमा कार्यकारी अधिकृतमा रायमाझी

काठमाण्डौ । एनआई सी एशिया क्यापिटलको ५५औ सञ्चालक समितिको बैठकको निर्णय अनुसारए नआई सी एशिया क्यापिटलको प्रमुख कार्यकारी अधिकृत पदमा रमेन्द्र रायमाझीलाई नियुक्त गरिएको छ ।

रायमाझीले विगत ११ वर्ष भन्दा बढी राष्ट्रिय तथा अन्तराष्ट्रिय वित्तीय क्षेत्रको अनुभवहासिल गरेका छन् । विगतको कार्यसम्पादन तथा कार्यअनुभवहरुबाट उनको कार्यकालमा, उनको नेतृत्वमा क्यापिटलको समग्र व्यवसायमा बिस्तार हुनुकासाथै क्यापिटलबाट प्रदान गरिने सम्पूर्ण सुविधाहरुमा उत्कृष्ट रहने विश्वास यसले लिएको छ।

एनआई सी एशिया क्यापिटलले सेवाग्राहीको सहजतालाई शिरोपर गर्दै उच्चतम प्रविधि तथा उत्कृष्ट जनशक्तिको सहायताबाट गुणस्तरीय, सेवाप्रदानगर्दै आईरहेको छ ।