राजनीति

निर्मलाको बलात्कारी/हत्यारा खोज्न नसक्दा ओली सरकारले के गर्यो भन्ने छर्लङ्ग छ: उपसभापति गच्छदार

काठमाण्डौ । नेपाली काँग्रेस संसदीय दलका उपनेता विजय कुमार गच्छदारले ओली सरकारले आठ महिना बित्दा समेत निर्मला पन्तका बलात्कारी रहत्यारा पत्ता लयाउन नसक्नु लाजमर्दो भएको बताएका छन् । सीके राउतसंग वार्ता गरी सहमतीमा ल्याएको, आठ सय किलोमिटर सडक निर्माण गर्न सरकार सफल भएको, धान उत्पादन बृद्धी भएको भनदै आफ्नो १३ महिने कार्यकार सफल भएको नेकपाका अध्यक्ष समेत रहेका प्रधानमनत्री केपी शर्मा ओलीले संसदमा बताएको लगतै काँग्रेसका तर्फबाट गएका नेता गच्छदारले सरकारले निर्मला शान्ती सुरक्षका बिषयमा सरकारले जनतासंग बोल्न नसकेको र जनताले सरकारका गतिबिधि छर्लगंसंग बुझेको विचार ब्यक्त गरेका छन् ।
भ्रष्टाचारको कुरा गर्दा काँग्रेस उपसभापति समेत रहेका नेता गच्छदारले वाईडबडी र ३३ किलो सुनमा ठूला माछा समातिने भन्ने सरकारको योजना आकासमै तुहियो कि के भयो भनेर प्रश्न गरेका छन् ।

नेता गच्छदारले सरकारले विप्लवसंग वार्ता गरी सहमतीमा ल्याउनुको विकल्प नभएको भन्दै सुरक्षपरिषदलाई प्रधानमन्त्रीको मातहतमा ल्याउने, संचारलाई बन्देज लगाउने र आयोजनाको द्रुततर निर्माण तथा विकासका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक फिर्तां लिनुपर्ने विचार व्यक्त गरेका छन् । उनले राष्ट्रिय सुरक्षा परिषद सम्बन्धी विधेयक असंबैधानिक भएको र आफूले यस विषयमा काँग्रेसका तर्फबाट सरकारलाई फिर्ता लिन कडा चेतावनी दिएको समेत बताएका छन् ।