आर्थिक

मुक्तिनाथ विकास बैंकद्धारा सरसफाई अभियानमा सहभागीता

काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले सँस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत वाग्मती तथा पोखरा नगर सरसफाई अभियानमा निरन्तर रुपमा सहभागी हुदैं आएको जनाएको छ ।

वाग्मती सरसफाई अभियानमा २०० औं हप्ता देखि सहभागी हुदैं आएको तथा पोखरा नगर सरसफाई अभियानमा बैंक अभियान सञ्चालनकालदेखि सहभागी हुंदै आएको बैंकको भनाई छ । वाग्मती सरसफाई अभियान ३०६ औं हप्ता तथा पोखरा नगर सरसफाई अभियान १४७ औं हप्तामा चलिरहेको छ ।