आर्थिक

सिद्धार्थ बैंक र महालक्ष्मी लाईफ इन्स्योरेन्सबीच बीमा सम्झौता

काठमाण्डौ । सिद्धार्थ बैंक र महालक्ष्मी लाईफ इन्स्योरेन्स बीच बीमा सेवादिने सम्बन्धमा एक समारोह बीच सम्झौता सम्पन्न भएको छ ।
सम्झौता अनुसार सिद्घार्थ बैंकले देश भर रहेका आफ्ना १४६ शाखाहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्सको जीवनबीमा योजनाहरु बिक्री गर्नेछ ।

महालक्ष्मी लाईफ इन्स्योरेन्सले साबधिक बीमा योजना, डबल साबधिक बीमा योजना र लगानीफिर्ता बीमा योजना सार्वजनिकगर्दै २०७५ माघ २७ गतेबाट कारोबार प्रारम्भ गरेको छ। महालक्ष्मीलाईफ इन्स्योरेन्सले काठमाण्डौं, पोखरा, बीरगंज, इटहरी, लहान, नारायणघाट, बुटवल, कोहलपुर, सुर्खेत र दाङ्गबाट कारोबार प्रारम्भ गरिसकेको छ र यहि चैत्र महिनाभित्र काठमाण्डौं उपत्यकाका १० स्थानबाट कारोबार संचालनको तैयारी गरिरहेको छ ।

सम्झौतामा सिद्घार्थ बैंकको तर्फबाट सहायक महाप्रबन्धक अर्जुन भद्र खनाल र महालक्ष्मी लाईफ इन्स्योरेन्सको तर्फबाट सहायक महाप्रबन्धक सपना खरेलले हस्ताक्षर गरेका छन् ।