आर्थिक

एनआई सी एशिया बैंकको नयाँ शाखा बुटवलको बेलबासमा

काठमाण्डौ । एनआई सी एशिया बैंकको बुटवल वडा नं १३, रुपन्देहीस्थित बेलबास शाखाको एनआईसी एशिया बैंकका प्रमुख मानवसंसाधन तथा विकास अधिकृत कपिल ढकालबाट आज उद्घाटन भएको छ । उक्तशाखाको उद्घाटन समारोहमा ढकालले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिति सबल बनाउदै गएको यस बैंकले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको वित्तिय सवलिकरण अभिबृद्वि गर्ने कार्यमा महत्वपुर्ण योगदान पु¥याई रहेको जानकारी गराए ।

बैंकलाई जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २८१ शाखा कार्यालयहरु, २८९ एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवाप्रदानगर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । करिब १४ लाख ५० हजार ग्राहक महानुभावहरूकासाथ सञ्चालनमा रहेको यस बैंकमा प्रमुख वित्तीय परिसुचकहरु उत्साहप्रद रहेका छन् । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवाउपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालनगर्ने योजना अगाडि सारेको छ ।