समाचार

ओली सरकारले जनताका आकाङ्क्षा पूरा गर्न सकेन – नेता लेखक

बैतडी । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री रमेश लेखकले नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले जनताको चाहना र आवश्यकता अनुसार काम गर्न नसकेको आरोप लगाउनुभएको छ । बैतडीको दोगडाकेदार गाउँपालिकाको खोचलेकमा आयोजित अन्तरकृया एवं प्रशिक्षण कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

नेपाली काङ्ग्रेस जिल्ला कार्यसमितिको आयोजनामा जिल्लाका विभिए । पूर्वमन्त्रीसमेत रहनुभएका नेता लेखकले वर्तमान सरकारले विगतमा काङ्ग्रेस नेतृत्वको सरकारले शुरुआत गरेका गौरवका योजनासमेत अलपत्र छोडेको बताए । काङ्ग्रेसले आइतबार बैतडीको डिलाशैनीमा अन्तरकृया कार्यक्रमको आयोजना गर्ने भएको जनाइएको छ ।