सूचना प्रविधि

आईएमएस लिटिल स्माइल्स्को नयाँ शोरुम सिटि सेन्टरमा

काठमाण्डौ । साना बाल बच्चाको स्वास्थ र स्याहर सुसार सम्बन्धि विभिन्न ब्राण्डका उत्पादनहरु नेपालको पहिलो प्रिमियम आउटलेट आईएमएस लिटिल स्माइल्स्ले आफ्नो नयाँशोरुम कमलपोखरीस्थित सिटि सेन्टरमा शुभारम्भ गरेको छ ।

यस नयाँ शोरुममा डक्टर ब्राउन्स्, क्रेन, हिमालय बेबी केयर र डिजेआई जस्ता विश्वप्रशिद्ध ब्राण्डका उत्पादनहरु पाईनेछ । यी ब्राण्डका उत्पादनहरु जस्तै साबुन, मसाज तेल, पाउडर, स्याम्पु, एयर प्युरीफाएर, क्रिम, ड्रोन, Pacifier, Bottle, Toothbrush, Cups, Teether को प्रयोगले ससाना बालबच्चाहरुलाई विभिन्न स्वास्थ्य सम्बन्धी समस्याहरु बाटा टाढा राख्न सकिने छ ।

आईएमएस लिटिल स्माइल्स्ले नेपालमा बिक्रि वितरण गर्ने उत्पादनहरु सम्पूर्ण नेपाली उपभोक्ताको दैनिक जीवनलाई सरल सहज र गुणस्तरीयबनाउन केन्द्रीत रहेको आईएमएस गु्रपका प्रमुख कार्यकारी अधिकृत दिकेश मलहोत्रा बताउछन् ।

“यसै परिप्रेक्षमा सिटि सेन्टरमा बालबच्चाको स्याहार सुसार सम्बन्धित ब्राण्डहरुको बिक्रिगर्न नयाँ शोरुम खोलिएको उनी भन्छन्” ।