अन्तर्राष्ट्रिय

पाकिस्तानको राष्ट्रिय दिवसमा भारत अनुपस्थित

नयाँ दिल्ली । पाकिस्तानको राष्ट्रिय दिवसका अवसरमा आयोजित कार्यक्रममा भारत अनुपस्थित हुने जनाएको छ ।

शनिबार मनाइएको पाकिस्तानको राष्ट्रिय दिवस मुल समारोहमा अनुपस्थित हुने निर्णय भारतले शुक्रबार गरेको थियो । जम्मु कश्मिरमा उत्पन्न पछिल्लो तनावपछि विग्रिएको सम्वन्धका कारण पाकिस्तानी कार्यक्रममा सहभागी नहुने निर्णय भएको भारतीय अधिकारीहरुले बताएका छन् ।

कार्यक्रममा कोही सहभागी नभएपनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई औपचारिकतामा सिमित शुभकामना सन्देश भने पठाएका छन् । सन्देशमा उनले राष्ट्रिय दिवसका अवसरमा पाकिस्तानी जनता र सरकारप्रति सुवेच्छा व्यक्त गरेका छन् । उनले अहिलेको समय वार्ता र सहकार्यमार्फत् यस क्षेत्रको लोकतन्त्र, शान्ति, प्रगति र सम्बृद्धिका लागि काम गर्नुपर्ने बेला भएको उल्लेख गरेकाछन् ।