अन्तर्राष्ट्रिय

पूर्व राष्ट्रपति मार्टिनेल्लीलाई २१ वर्षको जेल सजायको फैसला

पानामा सिटी । पानामाका पूर्व राष्ट्रपति रिकार्डो मार्टिनेल्लीलाई २१ वर्षको जेल सजायको फैसला सुनाइएको छ ।

गोप्य सुचनाहरु चुहाएको, शक्तिको दुरुपयोग गरेको, राजनीतिज्ञ, पत्रकार, व्यापारी, व्यवसायी लगायतसँग गलत सम्वन्ध राखेको अभियोग लगाइएको छ ।अभियोग लगाउने पक्षका वकिल रिकार्ट गोन्जालेजले सन् २००९ देखि २०१४ सम्म राष्ट्रपति हुदा उनले एउटा छुट्टै निकाय बनाएर त्यस मार्फत् अनियमितता गरेको पाइएको बताए । उनीसँगै अरु १५० जनालाई पनि यही अभियोगमा लक्षित गरिएको छ । तर उनीहरुका बारेमा अदालतले अहिलेसम्म कुनै आदेश दिएको छैन ।