समाचार

ह्याम्स अस्पतालमा उपचाररत नेता सिटौलाको स्वास्थ्य स्थीति बुझ्न नेताहरुको भीड

काठमाण्डौ । पुर्व महामन्त्री एवं कांग्रेस नेता कृष्ण प्रसाद सिटौलाको स्वास्थ्य अवस्था बारे भर्खरै कांग्रेस महामन्त्री शशांक कोईराला र पुर्ब महामन्त्री प्रकाश मान सिहले ह्यामस असताल मण्डीखाटारमा भेटेर जानकारी लिएका छन् ।

नेता सिटौलाको स्वास्थ्यमा क्रमिक सुधार भैरहेको भेटपछि प्रकाशमान सिँहले जानकारी दिएका छन् नेता सिटौलाको आईसियुमा राखेर उपचार भैरहेकोछ ।

बिहीबार साँझ नेपाली काँग्रेसका सभापति एबम् पुर्व प्रधानमन्त्री स्व. गिरिजा प्रसाद कोईरालाको नवौ स्मृति दिवशका अवशरमा दीप प्रज्वलनमा माईतिघरमा सहभागी भएका नेता सिटौलालाई स्वास्थ्यमा समस्या आएपछि शुक्रबार ह्याम्स अस्पतालमा भर्ना गरिएको थियो ।