राजनीति

काँग्रेसले प्रधानमन्त्रीलाई सेना परिचालन गर्न अधिकार दिने कुरा कुनैहालतमा मान्दैनः डा कोईराला

चितवन । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सुरक्षा परिषदको सिफारिस बिना प्रधानमन्त्रीले सिधै सेना परिचालन गर्न सक्ने कुरा उल्लेख गरेर ल्याईन लागेको विधेयक नेपाली कांग्रेसले कूनै पनि हालतमा नस्विकार्ने बताएका छन् । डा. कोइरालाले यो बिधयकले नेपाली सेनाको मनोबल घटाएको पनि बताए। डा कोइरालाले भने, ‘प्रधानमन्त्रीले सिधै सेना परिचालन गर्ने विधयक विधेयक जुन दिन पास हून्छ त्यही दिनदेखी लोकतन्त्र समाप्तीको बाटोतर्फ लाग्छ। लोकतन्त्र बिरोधी र निरंकूशताको पक्षपोषण गर्ने यो विधेयक कदापी स्विकार्न सकिन्न।’

डा. कोइरालाले प्रधानमन्त्री केपी ओली शक्तीको भोको भएकाले राज्यका महत्वपूर्ण सबै निकाय आफू मातहत राखेको बताएका छन् । डा कोइरालाले यतिबेला मूलूकको कुटनीति सम्बन्ध अत्यन्तै कमजोर बनेको पनि बताए।

नेपाली कांग्रेस रत्ननगर नगर कार्यसमितीले चितवनको टॉडीमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई संबोधन गर्दै डा कोइरालाले महासमिति बैठकको राजनीतिक प्रस्तावमा संसद पुनःस्थापनाको कुरा उल्लेख नगरेर नेतृत्वले पार्टीको ईतिहॉस मेटाउॅन लागेको बताए।
‘गिरिजाप्रसाद कोइराला नेतृत्वको आन्दोलनले संसद पुनःस्थापना नगरेको भए धेरै नेता अहिलेसम्म पनी जेलमै हून्थे’ डा शेखरले भने, ‘संसद पूनस्थापनाकै जगमा मुलुकले अहिलेको उपलब्धी प्राप्त गरेको हो त्यो ईतिहॉस मेट्न पाइदैन।’

पार्टीले दूरदराजका कर्मठ र ईमान्दार कार्यकर्ताहरूलाइ न्याय दिन नसकेको बताउॅदै १४औं महाधिवेशन पछी कोही माथी अन्याय हुन नदिने बताए ।