बाग्मती

प्रतिष्पर्धीलाई उछिन्दै अन्ततोगत्वा विजयी भईन् अनुजा, बधाई छ !

काठमाण्डौ । अनुजा आचार्य किष्ट फेसिटवलको गायन प्रतिष्पर्धामा प्रथम भएकी छन् । १४ मेडिकल कलेजका डाक्टर अध्ययनरत बिद्यार्थीहरु प्रतिष्पर्धी रहेका उक्त फेष्टिभलमा आचार्य प्रतिष्पर्धाको अग्रपङ्क्ती रहेकी थिईन्। राष्ट्रिय गानका रचयता ब्याकुल माईलाले रचना गरेको हाम्रो बानी बोलको गीतमा समेत स्वरदिएकी उनी यस प्रतिपर्धामा विजयी भएपछि उनलाई थप हौसला मिलेको छ ।

सानै उमेरमा नेपाल टेलिभिजनको बिभिन्न साँगीतिक कार्यक्रममा समेत भागलिईसकेकी आचार्यले सेन्टजेभियर कलेजको म्युजिक प्रतिष्पर्धा जितिसकेकी छिन् र अहिले २०१९ को प्रतिष्पर्धामा स्वर्गीय गायीका अरुणा लामाको गीत गाएर भाग लिंदा उनलाई प्रथम हुने मँैका मिल्यो । अनुजा किष्ट मेडिकल कलेजको एमबिबिएस दोस्रो बर्षमा अध्ययनरत छिन् ।

काठमाण्डौमा जन्मिएकी अनुजाले प्रतिष्पर्धामा भाग लिनु अगाडी नै दर्शकहरुले भिउजमा अगाडी ल्याउन मद्यत गर्ने कुरामा आफूलाई विवास लागेको दाबी गरेकी थिईन् , उनको दाबी सत्य हुन पुगेको छ, वियय हुंदा १० हजार ४० भिउज भएको थियो । वियज गराउनुहुने आफन्तजन, मित्र तथा अग्रजहरुलाई अनुजाले हार्दिक धन्यबाद समेत दिएकी छन् ।

 

अनुजा आचार्यले डाक्टरहरुहरुको गायन फेष्टिभलमा टप हुने दिईन संकेत