पत्रपत्रिका

चन्द समूहका मध्य क्षेत्रीय कमाण्डर ओलीसहित ८ जना पक्राउ

काठमाडौँ । नेत्रविक्रम चन्द समूहका मध्य क्षेत्रीय कमाण्ड समालेका हेमन्तप्रकाश ओली पक्राउ परेका छन् । शुक्रबार राति प्रहरीले काभ्रेको खानीखोला गाँउपालिका– ३ क्षेत्रबाट ओलीसहित अन्य ८ जनालाई नियन्त्रणमा लिएको हो ।
प्रहरी उच्च स्रोतका अनुसार ओलीसहित चन्द समूहका ललितपुर इन्चार्ज शंकर अधिकारी, एक गाडीचालक, धर्मराज राजवाहक, रामकृष्ण खतिवडा, ललित तामाङसहितका कार्यकर्ता पक्राउ परेका हुन्।

स्रोतका अनुसार विशेष काभ्रेको काफलडाँडाबाट भागेर अर्कै स्थानमा पुगेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय काभ्रे, महानगरीय प्रहरी अपराध महाशाखा, प्रहरीको विशेष ब्यूरोको टोली परिचालन भएको थियो। प्रहरी त्यहाँ नपुग्दै गाडी चढेर भाग्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो।

गत मंगलबार काभ्रेको काफलडाँडामाप्रहरी र चन्द समूहबीच गोली हानाहान भएको थियो। त्यसयता प्रहरी उनको खोजीमा लागेको थियो। प्रहरीले उनलाई राज्यविद्रोहको मुद्दा चलाउने तयारी गरेको स्रोतले जनाएको छ। गत महिना ललितपुरको नख्खुस्थित एनसेल गेटमा भएको विष्फोटमाओलीलाई मुख्य योजना मानिएको छ। कान्तिपुरबाट साभार