समाचार

गिरिजाबाबुको स्मृति दिवशको दीप प्रज्वलनमा बिहीबार सहभागी नेता सिटौला शुक्रबार आईसियूमा

काठमाण्डौ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य कृष्ण प्रसाद सिटौलालाई अस्पताल भर्ना गरिएको छ । पुर्बमहामन्त्री सिटौलालाई रगतमा हेमोग्लोमिनको मात्रा कमी भएको र प्रेशर समेत लो भएका कारण धुम्बाराहीीिथत ह्याम्स अस्पतालमा उपचार गरिरहेको पारिवारिक श्रोतले बताएको छ ।

शुक्रबारमात्र नेपाली काँग्रेसका शक्तीसाली सभापति एबम् पुर्ब प्रधानमन्त्री स्व. गिरिजा प्रसाद कोईरालाको नवौं स्मृति सभामा काठमाण्डौको माईतीघरमा दीप प्रज्वलनमा भाग लिएका पुर्ब गृहमन्त्ती समेत रहेका काँग्रेस नेता सिटौलालाई अपरान्ह एक्कासी स्वस्थ्यमा गड्बढी आएपछि अस्पतालको आईएसियूमा राखेर उपचार भईरहेको बताईएको छ ।

नेता सिटौलाको चर्चित डाक्टर भगवान कोईरालासहितको टिमले उपचार गरिरहेको छ । काँग्रेसमा कुटनीतिक र सकृय नेतामा नेता सिटौला गनिन्छन् ।

गिरिजाबाबुलाई काङ्ग्रेसको मात्र नेता नमानेर मुलुककै नेता मान्नुपर्छः नेता सिटौला