बाग्मती

भृकुटीमण्डपमा आजदेखि पुष्प मेला शुरु

काठमाडौँ । भृकुटीमण्डपमा आजदेखि पुष्प मेला शुरु भएको छ । मेलाको कृषि तथा पशुपक्षी विकास राज्यमन्त्री रामकुमारी चौधरीले उद्घाटन गरे।
कृषि क्षेत्रमा युवाको आर्कषण बढाउनुपर्नेमा जोड दिँदै उनले पुष्प व्यावसायको प्रवद्र्धन गरेर आत्मनिर्भर बन्नुपर्ने बताए। सो अवसरमा पत्रकार, पुष्प व्यवसायी, नर्सरी सञ्चालक तथा किसानलाई सम्मान गरिएको थियो ।

मेलामा मौसमी फूल, आलंकारीक बोट विरुवा, कट फ्लावर, ट्राइफ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो बीउबिजन, ग्रीनहाउस, कृषि औजार, उपकरण प्याकेजिङ, सामग्री, सुक्ष्म तथा थोपा सिँचाइ, आधुनिक र जैविक विषादी गरी ८४ बिक्री कक्ष छन् ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा युवकध्वज जिशीले पुष्प व्यवसायबाट मानिसको जीवनस्तरमा सुधार हुने बताए । ‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने नारासहित शुरु भएको सो मेलामा ५० लाख व्यक्तिले अवलोकन तथा रु ६० लाखको आर्थिक कारोवार हुने अनुमान आयोजकको छ । आयोजक फ्लोराकल्चर एशोसिएशन नेपाल ९फ्यान० का अध्यक्ष कुमार कसजूले पुष्पजन्य वस्तुको प्रवद्र्धन, विस्तार, नयाँ प्रविधिको प्रचारप्रसार तथा जनचेतना जगाउने उद्देश्यले मेला आयोजना गरिएको बताए ।