आर्थिक

एभरेष्ट बैंकका ग्राहकलाई हरेक खरिदमा १० प्रतिशत नगद फिर्ता

काठमाडौँ । एभरेष्ट बैंकले आफ्ना ग्राहकका लागि विशेष योजना ल्याएको छ । जसमार्फत कार्डहोल्डरले हरेक खरिदमा १० प्रतिशत नगद फिर्ता पाउने छन् ।

एभरेष्ट बैंकका ग्राहकले रेष्टुरेन्ट, होटल, मल र सुपरमार्केटमा भिसा कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशत रकम उनीको खातामा फिर्ता हुन्छ । “सर्भिस विथ स्माईल” नारा सहित एभरेष्ट बैंकले सदैव ग्राहकको लाभ र सन्तुष्टिलाई मध्येनजर गर्दै आएको छ ।

एभरेष्ट बैंकको सन्तुष्ट ग्राहकको संख्या १० लाख भन्दा बढि रहेको छ जुन बैंकिङ्ग क्षेत्रमा नै सबैभन्दा उच्च हो । साथै, हालै क्यामेलस् रेटिङमा एभरेष्ट बैंक बेस्ट रेटेड कमर्सियल बैंकमा पर्न सफल भएको छ । एभरेष्ट बैंकले हाल आफ्ना ९२ वटा शाखा, २८ राजस्व संकलन काउन्टर र ११६ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवा प्रदान गर्दै आइ रहेको छ ।