राजनीति

अध्यक्ष दहाललाई अमेरिकाको साथ, झनै बलियो बनेर नेपाल फर्किदै

काठमाण्डौ । पत्नीको उपचारका लागि अमेरिकामा रहेका नेकपा अध्यक्ष पुष्पकमल दहालसंग नेपालका लागि अमेरिकाका पुर्व राजदूत स्कट एच डेलिसीले भेटघाट गरेका छन् । सन् २०१० मा नेपालमा राजदूत रहेर काम गरेका डेलिसीले सामाजिक संजालमा नेपालका विषयमा आफ्नो प्रतिकृया दिँदै नेपाल अब राजनीतिक स्थिरता र समृद्धितिर उन्मुख हुंदैगएको विचार ब्यक्त गरेका छन् ।

पत्नी सीताको जोन हप्कीन्स अस्पतालमा उपचार भईरहेको छ भने अध्यक्ष दहाल अमेरिकास्थित नेपाली राजदूताबासमा बसिरहेका छन् । राजनीतिक रुपमा १७ हजार भन्दा बढी नेपालीको हत्या गरेको भन्दै कारबाही गर्न अध्यक्ष दहाल बिरुद्ध निबेदन परिरहेका बेला पुर्ब राजदूत डेलिसिले सकारात्मक प्रतिकृया दिनु नेकपा र उक्त पार्टी का अध्यक्ष पुष्पकमल दहालप्रति शुभ संकेत देख्न सकिन्छ ।

दूताबासले राजनीतिक कुराहरु गरेको छ भने नेकपा अध्यक्ष दहालबिरुद्ध अमेरिकन प्रहरीले प्रकाउ गरी कारबाही गर्न सक्ने संकेतलाई मध्यनजर गर्दै नो ईन्भेष्टिगेसन लेटरसमेत जारी भईसकेको छ । पत्निको उपचारमा अमेरिका रहेका अध्यक्ष दहालले नेपालबाट अमेरिका जानुअगाडि पत्रकारहरुलाई राजनीतिक भेटघाट नगर्ने बताएपनि राजदूत डेलिसीसंग भेट गरेका छन् ।

०५२ सालको जनयुद्धपछि आतंककारी घोषणा गरेको अमेरिकाको प्रमणमा ०६४ सालमा प्रधानमन्त्री हुँदा नै गएका दहाल यो पटक भने राजनीतिक रुपमा नगएपनि अमेरिकाले निकै नै चासो दिएर उनको भ्रमणलाई स्वीकार गरेकाले अध्यक्ष दहाललाई अमेरिकाले समर्थन गरेको अनुमान लगाउन सकिन्छ ।

अमेरिकामा बस्ने केही नेपालीहरुले अध्यक्ष दहाललाई त्यहाँको प्रहरीले पक्राउ गर्ने अनुमान गरेपनि उक्त अनुमान स्वतः फेलमात्र भएन दहाल झनै राजनीतिक रुपमा बलिया भएर नेपाल फर्किने देखियो ।