अन्तर्राष्ट्रिय

चीनको रसायन कम्पनीमा विस्फोटः ४४ को मृत्यु, ६४० घाइते

चिन । पूर्वी चिनस्थित एक रासायनिक कम्पनीमा भएको विस्फोटमा परी कम्तीमा ४४ जनाको मृत्यु भएको र ६४० जना घाइते भएको चिनियाँ सञ्चारमाध्यमले बताएका छन् ।

यो वर्षकै चिनमा भएको सबै भन्दा शक्तीसाली औँद्योगिक विस्फोटमध्येको एक हो । यो विस्फोट याङ्चेङ शहरमा अवस्थित उक्त कारखानमा नेपाली समयअनुसार विहान ११ बजेर पाँच मिनेटमा भएको थियो ।

बिस्फोट भएसँगै सो कारखानामा आगलागी भएको थियो । आगो १२ घण्टापछि मात्र नियन्त्रणमा आएको चिनियाँ सञ्चार मिडियाहरुले बताएका छन् । बिहीबारको विस्फोटको आधिकारिक कारण भने आउन नसकेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।