समाचार

रक्षा सचिवद्वारा नेपाली सेना, जङ्गी अड्डाको निरीक्षण

काठमाडौेँ । रक्षा मन्त्रालयका नवनियुक्त रक्षा सचिव रेश्मीराज पाण्डेले जंगी अड्डाको निरीक्षण भ्रमण गरेका छन् । उनलाई नेपाली सेनाका बलाधिकृत रथी हेमन्त राज कुँवरले जंगी अड्डामा स्वागत गरेका थिए ।

रक्षा सचिव पाण्डेलाई वर्तमान वस्तुस्थिति, नेपाली सेनाको संगठनात्मक संरचना, जिम्मेवारी, अपरेशनल गतिविधि, कल्याणकारी कार्य लगायत नेपाली सेना सम्बन्धी अन्य विविध विषयमा सम्बन्धित विभागका रथीबृन्द तथा अधिकृतहरुबाट प्रस्तुतिकरण भएको थियो ।

साथै उक्त कार्यक्रम पश्चात उनले प्रधानसेनापति महारथी पूर्णचन्द्र थापासँग समेत भेटवार्ता गरेका थिए।