आर्थिक

गरिमा विकास बैंकको ललितपुर शाखा कार्यालयको उद्घाटन सम्पन्न

काठमाडौँ । गरिमा विकास बैंकले बुधबार, विहीबार कुमारीपाटी ललितपुर शाखा कार्यालयको औपचारिक उद्घाटन कार्य सम्पन्न गरेको छ ।

उक्त शाखा कार्यालयको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी शिवाकोटीले गरेका हुन् । काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको यस विकास बैंकको हाल काठमाण्डौं उपत्यकाभित्र ८ वटा शाखा सहित देशभर ७२ शाखा र १७ वटा एटीएम संचालनमा छन ।

विकास बैंकले छिट्टैनै पर्साको बीरगंज, चितवनको मिलनचोक, दाङ्गको तुल्सीपुर र कास्कीको हेम्जामा समेत शाखा कार्यालय खोल्दैछ ।विकास बैंकले आर्थिक बर्ष २०७५ चैत्र ६ गतेसम्मरु.२८ अर्ब ७५ करोड निक्षेप संकलन गरी रु.२५ अर्ब १५ करोड कर्जा लगानी गरेको छ ।