आर्थिक

जंगल क्रिकेट कर्पोरेट टुर्नामेण्टमा एनआई सी एशिया बैंक विजयी

काठमाण्डौ । विश्वासिलो, आधुनिक र सहज बैंकिङ सेवा प्रदान गरेर आम जनमानसको मन जित्न सफलएनआई सी एशिया बैंकले खेलकुद प्रतियोगितामा समेत आफ्नो सबल उपस्थिती जनाउदै आएको र प्राय सबै बैंकिङ्ग परिसुचकहरुमा अग्रस्थान ओगटन सफल यस बैंकले मिति ३० फाल्गुण २०७५ देखि २ चैत्र २०७५, सम्म चितवनको सौरहामा सम्पन्न जंगल क्रिकेट कर्पोरेट टुर्नामेण्टमा सम्पूर्ण प्रतिष्पर्धी टिमहरुलाई हराउँदै एनआई सी एशिया बैंकको टिम विजयी भएको छ ।

पालोमा इन्टरनेसनल इभेन्ट्स एण्ड स्पोर्टस म्यानेज्मेण्टले आयोजना गरेको सो टुर्नामेण्टमा विभिन्न क्षेत्रकाकर्पोरेट टिमहरुको सहभागिता रहेको थियो । बैंकले यस अगाडि समेत विभिन्न संघसंस्थाहरुले आयोजना गरेको खेलकुद प्रतियोगिताहरुमा जस्तैः KKXI Corporate Cup Indoor Cricket 2018 मा प्रथम, Century Bank Corporate Super Sixes Cricket 2018 मा दोस्रो The Banker’s Cup 2018 मा दोस्रो तथा NIC ASIA Bank Corporate Indoor Cup 2017. मा दोस्रो हुँदै खेलकुद क्षेत्रमा समेत आफ्नो वर्चस्व स्थापितगर्दै आइरहेको छ ।

बैंकलाई आमजन मानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २८१ शाखा कार्यालयहरु, २८९ एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदानगर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । करिब १४ लाख ५० हजार आदरणीय ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकमा प्रमुख वित्तीय परिसुचकहरु अत्यन्त उत्साहप्रद रहेका छन्। साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालनागर्दै आएको छ