मनोरञ्जन

अभिनेत्री सरिता लामिछानेले चलचित्र कलाकार संघको अध्यक्षमा उमेर्द्वारी

काठमाडौँ । यही आगामी चैत्र २३ गते शनिबार हुनगईरहेको नेपाल चलचित्र कलाकार संघको निर्बाचनमा अध्यक्ष पदको लागि बर्तमान महासचिब अभिनेत्री सरिता लामिछानेले उम्मेदवारी घोषणा गरेकी छिन् । काठमाडौँमा चैत्र २३ गते हुन गईरहेको नेपाल चलचित्र कलाकार संघको अधिबेसनबाट नयाँ कार्य समितिको लागि उनले अधक्ष्य पदमा उम्मेदवारी घोषणा गरेकी हुन् ।

संघको विभिन्न कार्यसमितिमा बस्दै सक्रिय रुपमा कलाकारहरुको हकहितमा बुलन्द आवाज उठाउदै आएकी अभिनेत्री सरिता लामिछाने नेतृत्व सम्हाल्न सक्षम रहेकी चलचित्र वृतका बिज्ञहरु बताउछन् । बिगत २ दशक देखि सक्रिय रुपमा चलचित्र क्षेत्र तथा कलाकारिता क्षेत्रमा रहेर सदैब कलाकारहरुको हितमा वकालत गर्दै आएकी उनी कलाकारितालाइ समेत निरन्तरता दिदै आगामी दिनहरुमा अझ बेशी सक्रियता जनाउदै कलाकारहरुको हक हीत र अधिकारको लागि सधै सपर्पित हुदै र कलाकार संघलाई सशक्त रुपमा अगाडि बढाउन पहल गर्ने अठोटको साथ आउने कार्यकालको लागि अधक्ष्य पदमा उम्मेदवारी दिने घोषणा गरेको अभिनेत्री सरिता लामिछाने बताउछिन् ।

अधक्ष्य पदमा उम्मेद्वारी दिनको लागि पनि आफूभन्दा अग्रज कलाकार, पत्रकार, तथा समकालीन साथीहरुसंग सल्लाह सुझाब लिएर अगाडि बढेको र आफूलाई सहयोग गरि बिजय गराई दिनु हुन कलाकारहरु, पत्रकारहरु सबैमा अभिनेत्री लामिछानेले आग्रह समेत गरेकी छिन्।

स्मरण रहोस उनि नेपाल चलचित्र कलाकार संघको ३० औ बर्षे ईतिहासमा पहिलो महिला महासचिब पदमा अत्याधिक बहुमतले बिजय गरेको पहिलो महासचिब हुन् ।